

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
सुर्खेत । सुर्खेतमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको महावै गाउँपालिका–७ का २३ वर्षीय कृष्ण शाही र शुभकालिका गाउँपालिका– ३ का २३ वर्षीय बिमोचन विष्ट छन् ।
शुक्रबार कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकलमा भुरेली भन्ने स्थानबाट वीरेन्द्रनगर आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएको थियो । दुर्घटनामा घाइते उनीहरुको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका शाही मोटरसाइकल चालक हुन् ।
मोटरसाइकलमै सवार खाँडाचक्र नगरपालिका–५ कालिकोटका १९ वर्षीय प्रकाश कठायत घाइते छन् । उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
८ घण्टा अगाडि
2.6kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





