झापा जिल्ला कारागारभित्र झडप

झापा जिल्ला कारागारभित्र झडप भएको छ। जिल्ला कारागारका कैदी भाइ नाइके मनोज लावतीलाई सुनसरीको झुम्का कारोगारमा सरुवा गर्न लागिएको विरोधमा कारागारभित्र झडप भएको हो।

कर्तव्य ज्यान मुद्दामा विगत सात वर्षदेखि कैद भुक्तान गरिरहेका लावतीको सरुवाको विरोध गर्दै कैदीले करिब डेढ घण्टा ढंगामुढा गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। लावतीको सरुवा रोक्ने र अन्य केही कैदीको सरुवा गर्नुपर्ने उनीहरूकाे मागलाई सम्बोधन गर्न समन्वय गर्ने सिडिओ शिवराम पोखरेलको आश्वासनपछि तनाव नियन्त्रणमा आएको जेलर मोहनलाल पनेरुले बताए। उनका अनुसार अहिले स्थिति सामान्य छ।

Facebook Comments Box
TOP
Shares