

भैंसी तस्करी धन्दा : सशस्त्र प्रहरी बलमा लफडा
पर्सा । सरकार , प्रहरी र प्रशासन भन्दा तस्कर शक्तिशाली हुन कि पैसाबाल हुन कि ? सरकार र मातहतका प्रहरी प्रशासनले निर्देशन मात्रै दिने तर अनुगमन र दोषी भेटिदा र पुष्टि हुदां पनि कारबाही नगरेको कारण हो पर्साका नाकाबाट हुने चोरी तस्करी धन्दा रोकिएको छैन । खुलेयाम चलिरहेको नै छ । त्यसको पछिल्लो पुष्टि हुने आधार हो पिपरा गुठीबाट हुने भैंसीको ठूलो तस्करी धन्दा अहिले पिपरा गुठी नाका हुदै जगन्नाथपुर बजारमा ठूलो संख्यामा भैंसीको तस्करी हुदै आएको छ। भारतीय बजारबाट दैनिक झण्डै डेढ सय भैंसी पिपरा गुठीको नाका हुदै नेपाल भित्रिने गरेको छ । यो नाकाबाट भैंसीको तस्करी गर्नेहरूमा मुख्य तीन वटा समूह रहेको छ । अलि महम्मद , महादेव यादव र अर्को मुस्लिम समूह भन्ने रहेको छ । यिनीहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको स्थानीय युनिट प्रमुखहरूलाई मिलाएर उनीहरूको सेटिङ अनुसार तस्करी गरिरहेका छन् ।
राँंगाभैंसीको तस्करी गराएको आरोपमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा शुक्रवार गणमा तानिएका छन् । गणमा तानिएका इन्स्पेक्टरलाई कारबाही नगरी उन्मुक्ति दिने चलखेल भएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा शुक्रवार बिहान गणमा तानिएका थिए । तर प्रारम्भिक छानबिनका क्रममा इन्स्पेक्टर घटनामा संलग्न नदेखिएको भन्दै पुनः बिओपी फर्काउन चलखेल भएको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टका इन्स्पेक्टरले पर्साका राँंगाभैंसी तस्कर अलि महम्मद र अलिका भतिज नौसाद आलमसंग मोटो रकम बुझेर लाइन दिएर तस्करी गराएको ठूलो संख्याको राँंगाभैंसी गणको टोलीले नियन्त्रणमा लिएपछि इन्स्पेक्टर थापा गणमा तानिएका हुन ।प्रसौनीभाठा नाकाबाट राँंगाभैंसी तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल गण नं १३ वीरगन्ज पर्साबाट खटिएको टोलीले बिन्दबासिनी गाउँपालिका– ५ स्थित हासवाबाट साउन ११ गते २६ वटा राँंगाभैंसी बरामद गरेको थियो।सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले घटनाका बारेमा डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । छानबिन समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै एसपी थपलियाले भने, प्रतिवेदन आएपछि दोषी देखिए उनीमाथि कारबाही हुन्छ ।
रकम नदिएकोमा कुटपिट
वीरगंज भन्सार सशस्त्र प्रहरीका प्रहरी निरिक्षक प्रेम विष्टको निर्देशनमा वरिष्ठ हवल्दार दिप लामाको टोलीले भन्सार एरियामा वीरगंज १६ कि ७० बर्षिय वृद्ध महिलालाइ मालसामान ल्याउदा घुस नदिएको निहुमा निर्घात कुटपिट गरि वेहोस पारेको खबर जानकारीमा आएको छ । सशस्त्र प्रहरीका निरिक्षक विष्टको निर्देशनमा अभद्र व्यवहार गरेको जानकारीमा आएको छ । विष्टले तस्करहरूसंग धेरै मात्रामा रकम असुली मालसामान ढुवानीमा सहयोग गर्ने तथा मोटो रकम नदिनेको मालसामान पक्राउ गर्ने भनी स्थानीयहरुले बताएका छन् । तस्करहरूलाई चेक जाचै नगरी वीरगंजको मुख्य नाकाको साथै विभिन्न नाकाबाट मालसामान पास गर्ने तथा सर्वसाधारणले घरायसी प्रयोगको लागी ल्याएको सामान कडाइका साथ चेक गर्ने तथा यातना, दुखः दिदै आएको स्थानीयले बताए ।
अहिले सशस्त्र प्रहरी बलको भन्सार स्थित बिओपीमा निमित्त प्रमुखको रूपमा निरीक्षक प्रेमसिंह बिष्ट छन् । उक्त बिओपीले संगठनको नीति बिपरित घुमुवा परिचालन गरेको छ । हवल्दार राधेश्याम कुशवाहालाई घुमुवाको रूपमा परिचालन गरिएको छ।घुमुवा कुशवाहाले व्यापारीहरूसंग पैसा मागेको भिडियो सशस्त्र मुख्यालय सम्म पुगेपछि उनलाई गणमा तानिएको छ ।तर कुनै कारबाही भने भएको छैन । अहिले मुख्य भन्सार नाकाबाट चाइनिज स्याउको ठूलो तस्करी चलिरहेको छ। एक दर्जन भारतीय महिलाहरूले स्याउको तस्करी धन्दा गरिरहेका छन् ।भारतीय महिलाहरूलाई तस्करीको सेटिङ मिलाइ दिने काम राजु यादवले गर्दै आएका छन् । गणमा तानिएका घुमुवा कुशवाहा यसअघि रौतहट , बारा र पर्साका विभिन्न युनिटहरूमा घुमुवा बसेर बदनाम भएको भए पनि उनको न त घुमुवा अप्रेशनमा नै नाम पर्याे न त कारबाही नै ।घुमुवा हटाउने अभियानमा उनको नाम परेन । आखिर किन ? प्रश्न यही हो ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
८ घण्टा अगाडि
2.6kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





