विमानस्थलका सेनामा विशाल बेथिति

जर्नेल रामसुन्दर बोहरा आजकल प्रभु चिफसाबको समेत बदनाम गर्न नीति नियमविपरीत राजनीतिक र कूटनीतिक व्यक्तिहरुको सम्पर्कमा छन् । दुईतारे जर्नेल आशिष राणासँग सेटिङ गरी भिभिआईपी कमाण्डिङ नगरिकनै ११ बाहिनीमा बस्नुको कारण बढी बजेट चलखेल गर्नका लागि हो । उक्त बाहिनी हाल मध्य एयर बेसको नामले चिनिन्छ । कमाण्ड सम्हालेको झण्डै दुई वर्ष भइसक्दा १५ वटा जहाजको मर्मत सम्भार र पाइलट/इञ्जिनियरहरुलाई ट्रेनिङ गराउने सक्सेसर्स निकाल्न फेलर भएका छन् । अफिस टाइममा सिभिल कपडामै बियर लडाएर बिताउँछन् ।

ठुल्ठूला गफगाफ मात्र हो, काम भने शून्य । रक्षा र राजनीतिक मामिलाका कोअर्डिनेटर मेजर अर्याल बन्धुसँग आजकल बढी उठबस छ । राम बोहराले कासा र १५ अर्ब मूल्यको ट्रेनर जहाज थन्क्याएर बसेको वर्षौं हुँदा पनि हवाई निर्देशनालयका हाकिम आशिश राणाले चासो दिएका छैनन् । हवाई विभागमा दुई सय जना ट्रुप्स र इञ्जिनियर÷पाइलटको वृत्तिविकासका लागि पुनःसंरचनाअनुसार दुई तारे जर्नेलको ¥याङ्क स्थापना गरे पनि हवाई इफिसियन्सी १० वर्षपछाडिको भन्दा खस्केको छ ।

गत वर्ष १३ करोडमा इन्स्योरेन्स गरेकोमा ०८०/८१ मा १६–१७ करोडको कागजात मूल्यांकन गरिएको छ । जति बढी मूल्यांकन भयो, उति बढी कमिसन आउँछ । करोडौं इन्स्योरेन्स तिरे पनि जहाज वर्षमा १० घण्टा पनि उडेको हुँदैन, पार्किङमै थन्किएको हुन्छ । रोटर विङतर्फका जहाज मर्मत गर्ने मेकानिक्स धेरै व्यस्त देखिन्छन् । ग्राउण्ड र स्टोरमा काम गर्ने प्राविधिकको वेलफेयर, प्रमोसन, तालिम र वृत्तिविकासमा ध्यान छैन ।

लाखौंको ग्लास हाउस बनाए पनि सिपाहीको जवान मेस २० वर्ष पुरानो नाजुक अवस्थामा छ । बासस्थानको पुरानो जस्ता चुहिने गरेको छ । राम बोहराले खाली बिल बनाएर कल्याणकारी कोषको दुरुपयोग गरेका छन् । अफिसका कार्पेन्टर तथा पिपाहरुलाई घर लगेर निजी काममा लगाउँछन् । ब्यारेकका कार्पेन्टरले आशिष राणा र राम बोहोराको घरमा महिनौंसम्म खाट, पलङ, शोकेसलगायत सबै फर्निचर बनाएका हुन् । स्टोरमा भने यी कार्पेन्टरलाई र¨समेत लगाउने फुर्सद छैन । बजेट हेर्ने प्रशासन प्रमुख महासेनानी सुमन खड्काको यसतर्फ पनि ध्यान जाओस् ।

सबै अधिकृतहरुले रासन घरतिर लग्ने नियम बनाएर सिपाहीको रासनबाट कल्याणकारी बचत भएको छ । शौचालयको अवस्था नाजुक छ । शौचालय सफाई गर्नेलाई पनि दिनभरि राणाकै घरको बगैंचा हेर्दै फुर्सद छैन । १५ अर्बको ट्रेनर जहाज भित्र्याएको ८ वर्ष भइसक्दा पनि उडान नगरेकोमा कसैलाई चासो छैन ।हिजोआज ११ बाहिनी पुरानो ग्यारिजन पायोनियर पल्टनको कमाण्डरजस्तो ब्यारेक सिंगार्ने, फूल रोप्ने, बगैंचा बनाउने, ग्लास हाउस बनाउने, रासन आम्दानी कति भयो हिसाब गर्ने जस्तो बन्दोबस्ती काममा मात्रै केन्द्रित छ । करोडको स्पेयर राख्ने स्टोर छाडेर ग्लास हाउस बनाउने ठेकेदारसँग कमिसन लिन पनि भ्याएकै छन् । बोहराले यो आर्थिक वर्ष स्टेशनरीलगायत स्टोरमा १७ लाख बराबरको सामान नयाँ मगाएर, फर्निचर–गमला किनेर र रंगरोगनको बिल मिलाएर लाखौं रकम कुम्ल्याए ।

प्रशासनबाट डिजेल, पेट्रोलको कुपन सरकारी काममा गएको भन्दै निजी कामको पनि लगसिट भरी दोहोरो इन्धन लिएका छन् । मेजर आदित्य राणा आशिश र बोहराका भक्त हुन् । यिनले हवाई विभाग नछाडेको सात वर्ष भयो । बोहरा र राणालाई सबै बन्दोबस्ती रासन, ग्यास, डिजेलमा सेटिङ मिलाउने काम यिनैले गर्छन् ।

स्टोरबाट कफी, स्टेशनरी, हवाईजहाजमा प्रयोग गर्ने रुम एयरफ्रेसर र जहाजका लागि ल्याएको सरसफाइका सामान आफ्नै गाडीमा  प्रयोग गर्छन् । सुवर्ण बिष्ट घर नगएको भए बोहोरा कर्णेलकै दर्जामा घर जान्थे । पहिला नै भएको सफ्टवेयर अपग्रेड र ह्याङ्गर बनाउने भनी नीति विभागमा सेटिङ मिलाएर करोडभन्दा बढी रकम यो वर्ष चिफ साबको अन्तिम वर्ष हो, बनेको बनाउने, नबनेको भागबण्डा गर्ने दाउपेचमा छन् ।

२०८१ मा हुने चिफको बारेमा पनि यिनलाई धेरै टाउको दुखाई र चासोको विषय बनेको छ । आफूले चाकडी गरेको व्यक्तिलाई चिफ बनाउन पाए धेरै बजेट ल्याउँछु, एयरपोर्टको मुहार फेर्छु भन्दै पाइलट र इञ्जिनियरहरुलाई रवाफ देखाउँछन् । रक्षा हेर्ने मेजर अर्यालको पनि आजकल एयरपोर्टतिर हरेक हप्ता इन्ट्री देखिन्छ ।

पूर्ण चिफले अन्याय गरेको हुँदा आजकल कुनै पनि सोसल ग्यादरिङ, पार्टी, सेमिनारमा भाग लिन आउँदैनन् ।  त्यस्तै गरी पाइलट लिम्बु मोटिभेसन नभएर बिरामी परी ग्राउण्डेड छन् । राम बोहराको सर्टिफिकेट एकपटक फेरि छानबिन गर्न अनुरोध छ ।

दुईवटा ट्रेनर पहेंलो रंगको जहाज थन्केर घामपानीले खिया लागेको दुई वर्ष भइसक्यो । अब चाँडै स्पेयर्स र निरीक्षक आउँदैछ, टेस्ट फ्लाइटको लागि मिलाएको छ भनी हरेक बोर्डमा डिएमओ र चिफ सा’बलाई कुरा लगाउँछन् । आशिष राणा र रिटायर्ड इञ्जिनियर तुम्बाहाङ्फे दुवैले अमेरिका गएर ट्रेनर जहाजको तालिम गरेका हुन् । तर नेपाल आएर उक्त जहाज उडाउन सकेनन् । ट्रेनिङ अधुरो हो भनी फेरि तालिममा पठाउनुप¥यो । आशिश र राम बोहराको रिक्त पदमा महासेनानी किरण, सुवास, प्रशान्त लाइनमा छन् । बुढेसकालमा यी पाइलट अझै म्याद थप्नका लागि श्रीमती सगुनमार्फत श्रीमती संघकी उपाध्यक्ष कल्पना राणासँग हारगुहार गरिरहेका छन् ।

– पीडित प्राविधिक सकल दर्जाहरू  (जनआस्था )

Facebook Comments Box
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
२१ घण्टा अगाडि

1.7kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ…

TOP
Shares