

सुदूरपश्चिमका विवादित निमित्त वन निर्देशक भट्ट मन्त्रालय तानिए , अख्तियारले थाल्यो छानबिन
जनक विष्ट । धनगढी । विभागीय मन्त्रीलाई अश्लील शब्द प्रयोग गर्दै गालीगलौज र मातहतका कार्यालयबाट रकम असुली गर्ने गरेको बताएपछि विवादित बनेका वन निर्देशकलाई मन्त्रालय तानिएको छ ।सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका तत्कालीन निमित्त निर्देशक कृष्णदत्त भट्टलाई तानेको हो । मन्त्रालयका निमित्त प्रमुख जनक पाध्याले भट्टलाई विभागीय कारवाहीका लागि स्पष्टीकरण माग्दै मन्त्रालय तानिएको पुष्टि गरेका छन् ।
सचिव ज्यू यतै हुँदाखेरी उहाँ(भट्ट) लाई मन्त्रालय झिकाएर स्पष्टीकरण सोधिएको छ,’ पाध्याले अनलाइनखबरसँग भने, ‘अहिले मन्त्रालयमै हाजिर गरिरहनुभएको छ ।’वन मन्त्रालयले भट्टले डिभिजन वन कार्यालयबाट रकम उठाउने गरेको कुरा बोलेको भिडियो र अडियोका सम्बन्धमा समेत छानबिन भइरहेको जनाएको छ ।
यस्तै, भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई तथानाम गालीगलौज गरेको अडियो र मातहतका कार्यालयबाट रकम लिएको बताएको भिडियो सम्बन्धमा छानबिन गर्न गठित प्रदेशसभाको सार्वजनिक लेखा उपसमितिले पनि उनीसँग सोधपुछ गरेको छ ।समितिका संयोजक मानबहादुर धामीले केही दिन अघि भट्टलाई प्रदेशसभामा बोलाएर सोधपुछ गरिएको बताए । उनका अनुसार सो क्रममा भट्टले अडियो र भिडियोमा भएको आवाज आफ्नो नभएको भन्दै इन्कारी बयान दिएका छन् । सार्वजनिक लेखा उपसमितिले भट्टमाथि छानबिन सकेर प्रतिवेदन लेख्ने काम भइरहेको जनाएको छ ।
अख्तियारले पनि थाल्यो छानबिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तत्कालीन निमित्त वन निर्देशक भट्टमाथि छानबिन थालेको छ । महेन्द्रनगरस्थित अख्तियारको कार्यालयले भट्टले मातहतका डिभिजन वन कार्यालयबाट रकम तोेकेरै उठाएको बताएको भिडियो सार्वजनिक भएपछि भट्टमाथि छानबिन अघि बढाइएको जनाएको छ ।
अख्तियार महेन्द्रनगरका प्रमुख आशमान तामाङले भट्टमाथि छानबिन भइरहेको जानकारी दिए । ‘विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको भिडियोमा उहाँ(भट्ट) ले रकम लिएको कुरा बोलेको देखिन्छ,’ तामाङले भने, ‘यो भ्रष्टाचारतर्फ आर्कषित हुने भएकाले हामीले गम्भीर रुपमा लिएर छानबिन अघि बढाएका छौँ ।’
तत्कालीन निमित्त वन निर्देशक भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी आफ्नो सरुवा गर्न लागि परेको भन्दै मन्त्रालयकै एक कर्मचारीलाई टेलिफोन गरी तथानाथ गाली गरेको अडियो सार्वजनिक भएको थियो ।भट्टले मातहतका डिभिजन वन कार्यालयहरुबाट आफूले रकम लिएको बताएको भिडियो समेत सार्वजनिक भएको थियो ।
खासगरी वन निर्देशनालयको तत्कालीन निर्देशक रहेकै बेला हेमराज विष्ट भ्रष्टाचार मुद्दामा मुछिएपछि भट्टले निमित्त वन निर्देशकको जिम्मेवारी पाएका थिए । गत साउनमा विशेष अदालतबाट सफाइ पाएपछि विष्ट वन निर्देशकको जिम्मेवारीमा फर्किएका थिए ।
उनीभन्दा वरिष्ठ अधिकृत विष्टले अदालतबाट सफाइ पाएर पहिलेकै जिम्मेवारीमा फर्किएपछि पनि भट्टले निमित्त निर्देशक बन्ने चाहाना राखेका थिए ।नेपाली कांग्रेस निकट मानिने भट्टको निमित्त निर्देशक बन्ने चाहाना पूरा गर्न मुख्यमन्त्री कमलबहादुर शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको जोडबलमा विष्टको मन्त्रालयमा सरुवा गरिएको थियो । विष्टको सरुवा भएपनि उनी अहिले वन निर्देशनालयको निर्देशककै रुपमा काम गरिरहेका छन् ।
समाज
थप सामाग्री-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
२१ घण्टा अगाडि
1.7kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ…





