

धरानका चेलिहरुले काठमाडौंमा मनाए दर खाएर तिज
काठमाडौं भदौ २५ ।धरान स्थाई घरभई विभिन्न पेशा अङ्गाल्दै काठमाडौमा रहेका धरानेहरुको साझा संस्थाको रुपमा भर्खरै स्थापित ” हामी धराने काठमाडौं ” को आयोजनामा पहिलो पल्ट काठमाडौंमा भब्य ” हरितालिका तीज-२०८० शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम” गत भदौ २३ गते शनिबार सम्पन्न भएको छ। उक्त कार्यक्रम काठमाडौं-आनन्दनगरस्थित दियो ब्यांक्वेटमा भव्य र सभ्य समारोहबीच सम्पन्न भएको छ।
सो कार्यक्रका कार्यक्रम संयोजक सरिता गौतमको सभापतित्वमा सम्पन्न ” हरितालिका तीज-२०८० शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम”मा धरानकीचेली एवं वरिष्ठ गायिकाद्वय मथुरा श्रेष्ठ र लोचन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा वरिष्ठ गायिकाद्वयले आफ्ना लोकप्रिय गीतहरु गाएर उपस्थित सम्पूर्णलाइ नचाएर कार्यक्रममा थप रौनक ल्याएका थिए भने कार्यक्रम अवधिभर सबै सहभागीहरुले सामुहिकरुपमा नाजगान गर्दै रमाइलो गरेको समाजसेवी एवम् सञ्चारकर्मी जानकी वज्राचार्यले बताईन । लगभग २०० जना धराने चेलिहरुको सहभागिता रहेको उक्त कार्यक्रमका संयोजक समितिका सदस्य शशी शर्मा पौडेलले उपस्थित सहभागीहरुलाई आफ्ना शव्दहरुद्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन बरिष्ठ संचारकर्मी तथा धराने चेली रिता लिम्बूले गर्नु भएको थियोे । कार्यक्रममा तदर्थ समितिका संयोजक राजेन्द्र श्रेष्ठ लगायत अग्रज शक्ति थापा र मनमोहन कर्माचार्य साथै तदर्थ समितिका सम्पूर्ण सदस्यहरु अतिथिका रुपमा हुनुहुन्थ्यो । सो कार्यक्रमलाई सफल बनाउनकालागि संयोजक समितिका महिला सदस्यहरु सरिता गौतम ,शशी शर्मा , सुमि कर्माचार्य , पुजन न्यौपाने , जानकी बज्राचार्य लगायत कार्यक्रम निर्देशक बिनोद श्रेष्ठ तखाछें र सहयोगी रोजेश शाक्य हप्ता दिन अगाडिदेखि लागि पर्नु भएको थियोे । यस कार्यक्रमलाई आर्थिक रुपले सहजै सम्पन्न गर्नकालागि सनराइज ज्वेलर्स, रत्न आभूषण ज्वेलर्स, धरान गहना गृह प्रा. लि. , सिद्धी दन्तकाली ज्वेलरी , श्री पिण्डेश्वरी ज्वेलरी , सौभाग्य ज्वेलर्स र नगमा (विशाल बजार) ले प्रायोजन गर्नु भएको थियोे ।कार्यक्रमको सफलता पछि भबिस्यमा पनि यस्तै बिबिध कार्यक्रमहरुको आयोजना गरी काठमाडौमा रहेका धरानेहरुलाई संगठित गर्दै जाने र धरानको विकासका लागि हुने कार्यक्रम आयोजनामा साथ दिदै जाने ” हामी धराने , काठमाडौं “का तदर्थ समितिका संयोजक राजेन्द्र श्रेष्ठले बताउनु भयो।
समाज
थप सामाग्री-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
२१ घण्टा अगाडि
1.7kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रातोघर फाउन्डेसनले “रातोघर साहित्य उत्सव–२०८३” आयोजना गर्ने भएको छ…





