आर्थिक वर्ष २०८०–०८१ को प्रारम्भ सँगै २ दिने गुम्बा व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । आर्थिक वर्ष २०८०–०८१ को प्रारम्भ सँगै २ दिने गुम्बा व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकार पर्यटन संस्कृति मन्त्रालय , बौद्ध दर्शन प्रबर्द्धन      तथा गुम्बा विकास समिति र नेपाल सरकारको आयोजनामा नेपाल भरको  ६६ गुम्बाहरुको अध्यक्षहरुको सहभागितामा दुई दिवसीय  तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रमको उद्गघाटन प्रमुख अतिथि बौद्ध दर्शन प्रबर्द्धन  तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) गरेका थिए ।

यस्तै  कार्यक्रमको अतिथि एवम्  बौद्ध दर्शन प्रबर्द्धन  तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले   प्रशिक्षकहरूलाई गुम्बा निमार्ण गर्दा ध्यान दिनु पर्ने र समुदायमा आफ्न्नो जिम्मेवारी पुरा गर्ने उद्देश्यले कार्य गर्नु पर्ने सुझाव सहित प्रशिक्षार्थी हरुलाई स्वागत गरेका थिए ।

उक्त  कार्यक्रमलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक दोङले गुम्बाबाट प्राप्त  ज्ञानलाई समुदायसँग जोड्नका साथै  आ- आफ्नो गुम्बाको आन्तरिक व्यवस्थापन चुस्त र दुरुस्त गर्नुपर्नेमा जोड दिएका छन ।

यसै गरी सो कार्यक्रममा सहाभागीहरुको तर्फबाट हिमाल, पहाड र तराई बाट एक -एक जना सहभागीहरुले आ -आफ्नो अनुभव समेत व्यक्त गरेका थिए ।
काभ्रे चौरीदेउराली -२ स्थाईघर भई सो कार्यक्रमका समेत   प्रशिक्षक रहेका  टेक राज मोक्तान तामाङले गुम्बा , पर्यटन , समुदायको सामाजिक , धार्मिक र शिक्षालयको लागि निमार्ण गर्दा यसले समुदाय र देशको विकासमा गुम्बाहरुबाट टेवा पुग्ने र निमार्ण गर्दा सरकारको र अरुको भरमा मात्र निर्माण कार्य सम्पन्न गर्ने आशा नराखि सबै सरोकार र जिम्मेवार ठानी काम गर्नु पर्नेमा जोड दिएका छन । स्मरण छ : मोक्तान विगत लामो समय देखि समाज सेवामा तल्लीन रहेका छन ।

उक्त  समितिका प्रशिक्षकमा नेपाल सरकारको कानुन सम्बन्धमा अधिवक्ता सन्जीव कुमार लामा‚ लेखा अधिकृत विनीता भण्डारी, योजना अधिकृत सन्जु योङ्गया र आर्चाय सार्की शेर्पा बाट प्रशिक्षक हरुलाई प्रशिक्षण दिईएको थियो  ।
बौद्ध दर्शन प्रबर्द्धन  तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) हाल सम्मा गुम्बा बिकास समितिमा ३१८१ गुम्बाहरू दर्ता भेकोमा सरकारबाट कनिका छर्केर रमिता हेरिरहेको र हात घुट्टा बांधेर राखिएको महसुस गरिएको अनुभव राख्नु भयो ।
सो कार्यक्रममा सहभागी विभिन्न जिल्लाको विभिन्न जातजातिका    प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे जसमा  तामाङ , शेर्पा,  मगर , गुरुङ, राई,लिम्बू  ,ह्योल्मो आदि समुदायको उल्लेख्य उपस्थिति रहेको थियोे ।

कार्यक्रमको समापन गर्दै गुम्बा बिकास समितिको कार्यकारी निर्देशक दोङले नेपाल सरकारको नीति नियम गुम्बा सञ्चालक समितिले जान्न जरुरी रहेको बताउँदै सबै सहभागितहरुलाई प्रमाणपत्र वितरण गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

Facebook Comments Box
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
२० घण्टा अगाडि

2.0kViews 350 Shares Share on Facebook Share on Twitter निर्जला एकादशीलाई पाण्डव भीम एकादशी वा पाण्डव निर्जला एकादशी पनि भनिन्छ।…

TOP
15 Shares