ललितपुरमा भेरोसेल खोपको अभाव, बुस्टर डोज नलगाइने

काठमाडौं, माघ १४ ।

ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ । नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

‘६० बर्ष भन्दा माथिका व्यक्तिहरुलाई थप मात्रा खोप (वुस्टर) लगाउने गरी कार्यक्रम तय भई सूचना सार्वजनिक गरिएकोमा नेपाल सरकार वाट भेरोशिल खोप उपलब्ध नभएका कारण बाध्यतावश वुस्टर डोजको रुपमा भेरोशिल खोप लगाउने कार्यकम हाललाई स्थगित गरी कोभिशिल्ड खोप मात्र लगाईने व्यहोरा जानकारीका लागी अनुरोध छ’ महानगरले जारी गरेको सूचनामा भनिएको छ ।

दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका ६० वर्षमाथिका व्यक्तिलाई कोभिशिल्डको बुस्टर डोज भने दिइने महानगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१७ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares