कर्मचारी अभवाले इलाका प्रशासन कार्यालय बन्द

सिमकोट ।  नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् ।

लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् । कार्यालय बन्द हुँदा नागरिकले नागरिकता बनाउनसमेत पाएका छैनन् । कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले  आफूहरु समस्यामा परेको अदानचुली गाउँपालिका–२ तुम्च गाउँका भक्त कुलालले गुनासो गर्नुभयो । भाइबुहारीको नागरिकता बनाउन नपाउँदा आफूहरूलाई समस्या भएको उहाँको भनाइ थियो ।

 

तुम्च गाउँबाट झन्डै ९ घण्टा हिँडेर सर्केगाड आइपुगेका सेवाग्राहीलाई कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको कुलालले बताउनुभयो । कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । उहाँले भन्नुभयो, “बच्चासहित नागरिकता बनाउन आएकी मेरी भाइबुहारीले नागरिकता बनाउन पाइनन् अब दुई दिनको पैदलै सिमकोट पुग्नुपर्ने भयो ।”

 

गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई–तीन हजार खर्च हुने गर्दछ  तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको हो । जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनु परेको गुनासो स्थानीयवासीको थियो ।

 

सदरमुकाम सिमकोट पुग्न दुई–तीन दिन लाग्छ । पहिराले भत्काएको बाटो सहज छैन । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम हुँदैन, स्थानीयवासी दन्तराज कटुवालको दुखेसो व्यक्त गर्नुभयो । उक्त कार्यालयका लागि गाउँपालिकाबाट सिफारिस ल्याउनुभएका  उहाँले सिमकोटबाट नागरिकता लिन पुनः अर्को सिफारिस चाहिने भएकाले कार्यालयप्रति आक्रोश व्यक्त गर्नुभयोे ।

नागरिकता बनाउन सर्केगाड पुगेर खाली हात घर फिर्ता भएका ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँका केशबहादुर रोकायाले पनि गुनासो गर्दै  इलाका प्रशासन कार्यालयबाट नागरिकता बन्छ भनेर सर्केगाड पुग्दा कार्यालय बन्द भएकाले खर्च मात्रै भयो, नागरिकता बनेन भन्नुभयो  ।

 

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार कार्यालयका कामु प्रमुख भीमबहादुर रोकायाको काज अवधि गत साउन १६ गते सकिएपछि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलाई इलाका कार्यालय खटाइएको थियो । उहाँले भदौ १ देखि ७ गतेसम्म सर्केगार्ड बसेर छवटा नागरिकता बनाए जिल्ला फिर्ता भएपछि थप समस्या उत्पन्न भएको छ ।रासस

Facebook Comments Box
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१५ घण्टा अगाडि

1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…

TOP
Shares