

इन्द्रजात्रा चलाउनै आर्थिक संकट
काठमाडौं । इन्द्रजात्रा आउनै लाग्दा हरेक वर्ष आर्थिक संकट हुने गरेको छ । रकम नआएपछि जात्रा व्यवस्थापन समिति रकम माग गर्दै विभिन्न निकाय धाउन बाध्य भएका छन् ।इन्द्रजात्रा मूल समितिलाई जात्रा व्यवस्थापन गर्नुभन्दा पनि रकम जोहो गर्न सरकार र काठमाडौं महानगरपालिका गुहार्नुपर्ने बाध्यता भएको छ । हुन पनि रकम नभएपछि जात्रा चलाउनै मुस्किल पर्छ । ‘जसरी पनि जात्रा चलाउनै प¥यो, रकम माग्दा हैरान, यसरी कसरी जात्रा व्यवस्थापन गर्न सकिन्छ’ –इन्द्रजात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यको गुनासो छ । हरेक वर्ष पत्र लिएर कहिले सरकार त कहिले महानगरपालिका चाहार्नुपर्ने अवस्था छ ।
गत वर्ष पनि त्यस्तै भएको थियो, यो वर्ष पनि त्यस्तै अवस्था छ । जात्रा आउन एक हप्ता बाँकी रहँदा आर्थिक अभावले जात्रा सम्पन्न हुनै कठिन छ’ –अध्यक्ष शाक्यको भनाइ छ ।
धाउँदाधाउँदा बल्ल संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले काठमाडौं महानगरपालिकामार्फत् १३ लाख ९३ हजार उपलब्ध गराएको र बाँकी रकम कसरी जोहो गर्ने भन्ने समस्यमा रहेको अध्यक्ष शाक्यले बताए ।
मन्त्रालयले दिएको यो रकम गत वर्षको हो । गत वर्षको ऋण यो वर्ष तिर्दातिर्दै ठिक्क हुन्छ यो वर्ष कसरी मनाउने समस्या छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१५ घण्टा अगाडि
1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…





