

बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले गए राति २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका – ८ कटुवाल दह स्थित बागमती नदी किनारबाट सोही वडाका सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो ।पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । सो बारे खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङकाे कमान्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको कमान्डमा गएको १५ जना सहितको सुरक्षा फौजले रातको समयमा उनको सकुशल उद्धार गरेको हो ।मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य विधिको प्रयोग गरी उद्धार गरेपश्चात् लामालाई आफन्तको जिम्मा लगाइएको छ ।
समाज
थप सामाग्री-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१५ घण्टा अगाडि
1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…





