सिन्धुलीमा सर्पले डसेर ६५ वर्षीया वृद्धाको मृत्यु

सिन्धुलीमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ ।दुधौली नगरपालिका-६ हर्षाहीका ६५ वर्षीया जानुकी माझीको बुधबार दुधौली सर्पदंश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सिन्धुलीका डिएसपी  चिरञ्जिवी दाहालका अनुसार सर्पले डसेपछि जानुकीलाई उनकी बुहारीले अस्पताल पुर्‍याएकी थिइन्। अस्पताल पुर्‍याइएको केहीबेरमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

डिएसपी दाहालका अनुसार उनको दाया हातको साइली औँलामा सर्पले डसेको थियो। मृतक  जानुकीको शव उनका आफन्तले बुझिसकेका छन्।

Facebook Comments Box
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१५ घण्टा अगाडि

1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…

TOP
Shares