रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

बुटवल, ५ असोज । थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइतबार (असोज ७) गते सार्वजनिक बिदा दिने जानकारी गराएको हो।

नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाइएको छ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ  ‘मिति २०८० साल असोज ७ गते आइतबारका दिन थारु समुदायको महत्त्वपूर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस तिलोत्तमा नगरपालिका नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय बिदा दिने यस कार्यालयको बिहीबारको निर्णयअनुसार सम्बन्धित सबैमा जानकारी गराइएको छ ।’

Facebook Comments Box
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१५ घण्टा अगाडि

1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…

TOP
Shares