

अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित
गलकोट । बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको छ ।नाली निर्माणका क्रममा चर्किएको घर गए रातिको वर्षाका कारण पूर्णरुपमा भत्किएको हो । बागलुङ नगरपालिकाले अहिले मरेपीपलमा अतिक्रमण सडकमा भएका संरचना हटाउने तथा सडक बिस्तार गर्ने र नाली निर्माण गरिरहेको छ ।
नाली विस्तारका लागि जग खन्नेक्रममा भारी वर्षा भएपछि नालीको पानी घरमा पसेर घर भत्किएको हो । नाली निर्माण गर्दा जोखिममा परेको घर वर्षाको पानीले स्थानीय भगवती सापकोटाको घर भत्किएको हो । दुईतले कच्ची घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएर बसेको सापकोटाले बताउनुभयो । आर्थिक अवस्था न्यून रहेको सापकोटाको परिवार विस्थापित भएपछि बागलुङ नगरपलिकाले घर निर्माणमा सहयोग पुर्याउने आश्वासन दिएको छ ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भत्किएको घरको स्थलगत अनुगमन गरेका थिए । खड्काले विपन्न समुदायलाई घर बनाउन विपद् शाखामार्फत सहयोग गरिरहेको बताउँदै सापकोटाको घर निर्माणमा बागलुङ नगरपालिकाको क्षमताअनुसार सहयोग गर्नेगरी कार्यपालिकाको बैठकमा लैजाने बताए ।
बागलुङ नगरपालिकाका इञ्जिनियर तथा विपद् शाखाका संयोजक गौरव शर्माले नगरपालिकाले नाली विस्तारका क्रममा कच्ची घरभित्र बर्खाको पानी परेका कारण घर भत्किएको बताउँदै क्षतिपूर्तिको मूल्याङ्कनअनुसार घर बनाउन सहयोग गर्ने बताए ।
अहिले सापकोटाको घरबाट पुरिएका सामग्री निकाल्न स्थानीयले सहयोग गरिरहेको बालमन्दिर टोल विकास संस्थाका अध्यक्ष खिमराज सापकोटाले बताए । “सापकोटाको परिवारलाई घर बनाइदिन आवश्यक छ, टोल विकासको समन्वयमा नगरपालिका र जिल्ला प्रशासनमा निवेदन दिएका छौँ”, उनले भने, “घर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।”
सापकोटाका अनुसार टोल विकास संस्था र स्थानीयको सहयोगमा भत्किएको घर पन्छाउने कार्य भैरहेको छ । सापकोटालाई रेडक्रसमार्फत खाद्यान्नसमेत उपलव्ध गराइएको छ ।रासस
समाज
थप सामाग्री-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१५ घण्टा अगाडि
1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…





