लोकमार्ग विस्तार गर्न अछेतेका घरटहरा भत्काइँदै

गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्ड अझै सम्पन्न हुन सकेको छैन । दश वर्षदेखि बागलुङ खण्डका सडकमा कालोपत्र सुरु गरिए पनि अझै सम्पन्न हुन सकेको हो । निर्माण व्यवसायीको ढिलासुस्ती र लोकमार्ग छेउछाउका घरटहराहरुले समेत समस्या बनाएका छन् । लोकमार्ग अन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किमी सडक पर्छ । यसका लागि हाल लोकमार्ग निर्माणका लागि अछेते बजारका  घरटहरा हटाइने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी तथा इन्जिनियर पवन सुवेदीले यसका लागि हाल मूल्याङ्कन भइरहेको बताए ।

बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमी सडकमा अहिले कालोपत्रका लागि पाँचौँ पटक म्याद थप्न लागिएको छ । अन्तिम पटकलाई म्याद थप गर्नेगरी निर्माण कम्पनी काममा फर्किएपछि सडक चौडा पार्न घरटहरा भत्काउनु अघि क्षतिपूर्ति दिनका लागि मूल्याङ्कन भइरहेको हो । सुवेदीका अनुसार अछेतेमा पाँच परिवारका आठ वटा घरटहरा भत्काउन लागिएको हो ।

यसअघि गत असार १९ गतेको  नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ती दिएर घरटहरा भत्काउने निर्णय गरेको थियो । “लोकमार्ग विस्तारमा घरटहरा परेमा मात्रै क्षतिपूर्ति दिने व्यवस्था छ, मन्त्रिपरिषद्को निर्णयपछि मात्रै हामीले काम अगाडि बढाएका हौँ, अहिले भत्काउने घरहरुलाई सङ्केत गर्ने, कच्ची वा पक्की छुट्याउने र क्षतिपूर्ति दिने रकम मूल्याङ्कन गरिरहेका छौँ”, सुवेदीले भने ।

बागलुङका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको क्षतिपूर्ति व्यवस्थापन समितिले सहायक प्रजिअ चित्राङ्गत बरालको संयोजकत्वमा अछेते बजारको घरटहरा भत्काउने प्रायोजनमा उपसमिति बनाइएको छ । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ साल माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर बनाउन दुई वर्षका लागि गरेको ठेक्का सम्झौता पाँचौँ पटक म्याद थपको चरणमा पुगेको छ । घरटहरा भत्काउनका लागि स्थानीयले सहजीकरण गरेकाले समस्या नहुने बागलुङका सहायक प्रजिअ चित्राङ्गत बरालले जानकारी दिए ।

अछेते बजारका स्थानीय दीपक भण्डारीका अनुसार राज्यले दिने क्षतिपूर्तिका आधारमा घरटहरा भत्काउन दिने सहमति जनाइसकेको बताए । भण्डारीका दुईवटा टहरा मापदण्डभित्र परेपछि भत्काइँदै छ । स्थानीयवासीले विकास निर्माणमा सहजीकरण गर्दै आवश्यक क्षतिपूर्ति पाएपछि घरटहरा भत्काउन दिने भएपछि अछेतेमा लोकमार्ग विस्तारसँगै कालोपत्रको काम अगाडि बढ्ने भएको हो ।रासस

Facebook Comments Box
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१५ घण्टा अगाडि

1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…

TOP
Shares