

अन्धविश्वासको पराकाष्ठा : देउता चढेको भन्दै खुकुरी प्रहार १ जनाको मृत्यु, २ जना घाइते
दाङ । खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो ।छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै उनको घटनास्थलमै ज्यान गयो । हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनेमा स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहेका छन् ।
घाइते कमलाकुमारीको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ भने अर्का घाइते वीरबहादुरको हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर अनुन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर पोखरेलले जानकारी दिए । उनका अनुसार हमाल दिउँसो घरबाट खुकुरी लिएर निस्किएका थिए । उनले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।डीएसपी पोखरेलका अनुसार टेकबहादुरले आफूलाई देउता चढेको भन्दै स्थानीय माथि खुकुरी प्रहार गरेका थिए । सो क्रममा टेकबहादुरले भेटेका लामिछाने, वीरबहादुर हमाल र कमलाकुमारी हमाललाई खुकुरी गरेका प्रहार उनले बताए । उनका अनुसार घाइते दुई जना टेकबहादुरको छिमेकी भएको खुलेको छ ।
‘हत्याको कारण कुनै रिसिबी नभएर देउता चढेको भन्दै अन्धाधुन्ध प्रहार गरेको देखिन्छ’, उनी भन्छन्, ‘घटनाको अनुन्धानमै छौं । बाँकी कुरा पछि आउँला ।’जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लका अनुसार टेकबहादुरको मानसिक स्वास्थ्य चेकजाँच भइरहेको छ । त्यसपछि मात्र केही कुरा बताउन सकिने बताए ।स्थानीय बासिन्दाका अनुसार टेकबहादुर केही महिनाअघि भारतबाट फर्केका थिए । उनले घरमा कुखुरा पालन गरेका थिए ।
समाज
थप सामाग्री-
धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरी छापा, १९ जना पक्राउ
-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
५ घण्टा अगाडि
1.5kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…





