गुल्मीमा निर्माणाधीन घर माथिबाट पहिरो खस्दा एक जनाको मृत्यु

गुल्मी, ८ असोज । गुल्मीमा माटोको ढिस्कोले पुर्दा वर्षीय किशोरको मृत्यु भएको छ। रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मृतकको शब पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

सोही  पहिरोमा परी घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन्।

घाइतेहरुको  गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान थालेको छ।

Facebook Comments Box
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
५ घण्टा अगाडि

1.5kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…

TOP
Shares