घरको छतबाट खसेर बालकको मृत्यु

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा सोमबार पोखरामा मृत्यु भएको हो।

उनलाई तत्कालै दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात पोखरा पठाइएको थियो।प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।रासस

Facebook Comments Box
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
५ घण्टा अगाडि

1.5kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…

TOP
Shares