

नेप्से सूचक ३० अंकले घट्यो, ४ अर्बको कारोबार
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से मंगलबार ३० अंकले घटेको छ । आइतबारदेखि नै निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार ३०.०५ अंकले घट्दै २०३०.१० विन्दुमा झरेको हो । यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.५४ अंकले घट्दै ३८०.५३ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । तर कारोबार भने आज पनि ४ अर्ब माथि (४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको) १ करोड ११ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.२१ प्रतिशतले घटेको छ भने निजीवन बीमा समूहको उपसूचक २.७६ प्रतिशतले घटेको छ । आज चिरखावा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले घटेको छ ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१८ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



