

पुर्वमन्त्री दुलालले गरे बालेन को समर्थन
काठमाडौं जेठ ४ । गत बैशाख ३० गते भएको स्थानिय चुनाब मध्य काठमाडौं महानगरपालिका ले सबै को धया्न खिचेको छ भने पुर्वमन्त्री एवं माओवादी केन्द्र का केन्द्रीय सदस्य युवराज दुलाल ले बालेन लाई समर्थन गरेका छन।उहाँ लेख्नुहुन्छ ” जहॅा जसले जिते पनि “बालेन चर्चा”बाट ध्यान अन्यत्र मोडिएको छैन । राजनीतिककर्मी भएर पनि मेरो अन्तरमनले बालेन कै जित होस् भन्ने चाहन्छ । र, उनले जित्छन भन्ने लाग्छ । खासमा त उनले जिति नै सके ।
राजनीतिक दल परम्परागत चेतनाबाट माथि उठेर जोखिम लिएर सक्षम युवा पुस्तालाई बिश्वास गर्न नसकेको अवस्थामा मतदाताको “बालेन च्वाइस” सर्वथा जायज छ । राजनीतिक दलले चाहने हो भने हरेक दलमा बालेन जस्ता वा उनिभन्दा सक्षम व्यक्ति प्रयाप्त छन् । तर दलले राजनीतिक एवं संगठनात्मक रुपमा जुनियर भनेर युवालाई अवसर दिदैन, जवकी मतदाता त्यो चाहन्छन् ।
राजनीति पद प्राप्तिका लागि होइन, राष्ट्रप्रति योगदानका लागि हो । तर यहा राजनीतिमा लागेर मैंले के पाए र तैंले के पाईस भन्ने मान्यता छ, जुन गलत हो । अख्तियारयुक्त पदीय दायित्वको महत्व अवश्य छ, तर त्यो मात्र सबै कुरा होइन । राष्ट्को लागि काम गर्न म योग्य हो भने मैंले जिम्मेवारी पाउनु पर्छ तर म भन्दा योग्य अरु भए योग्यले नै जिम्मेवारी पाउनु पर्छ भन्ने मान्यता र त्यो मान्यताको कार्यान्वयन जरुरी छ ।
राजनीतिक दललाई परम्परागत चिन्तनबाट माथि उठेर नया र सक्षम युवा पुस्तालाई बिश्वास गर्ने वातावरण बनाउन पनि बालेनले जितुन ।
नोट: म माओवादी केन्द्रको केन्द्रीय सदस्य हॅु । हाम्रो दलले काठमाण्डौ महानगरमा कॅग्रेशलाई मेयरमा सपोर्ट गरेको छ र हामीले उहालाई नै जिताउन सपोर्ट पनि गरेका छौं । अत : माथि राखिएका धारणा मलाई पनि चुनौति हो ।
धन्यवाद ! अभिवादन !
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



