मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा को सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को एक वा दूई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

२०७९ जेठ २० गते (शुक्रवार)

दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ २१ गते (शनिवार)

दिउँसो :  प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र बागमती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ २२ गते (आईतवार)

दिउँसो :  देशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दूई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशहरुका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
३ घण्टा अगाडि

1.5kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares