

वाम एकता मुलुकको आवश्यकता हो :खनाल
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद् भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताए ।
वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उनको गुनासो थियो । खनालले नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे । ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरूको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए । संसद्लाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उनले बताए । ‘यो राजनीतिक पार्टीहरूले र स्वयं सांसदहरूले संसद्लाई कसरी हेर्नुहुन्छ, त्यसको महत्त्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहस, छलफल र आफैले पनि त्यसमा सहभागी हुने कुराको महत्त्वलाई कति गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने कुरामाथि पनि निर्भर गर्छ । यसरी संसद्प्रति उपेक्षा गरिनु राम्रो होइन । उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणाम ल्याउन सक्छ,’ उनले भने ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१८ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



