

उपत्यकामा झाडापखाला फैलिने खतरा
काठमाडौं ।काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्।
तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन नसकेपछि र शरीर शिथिल भएपछि मात्रै झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाइ छ।
गर्मी मौसम सुरु भएदेखि दैनिक केही संख्यामा झाडापखालाका बिरामी उपचारका लागि पुग्ने गरेको काठमाडौं मोडल अस्पतालको आकस्मिक कक्षले जनाएको छ।
सोमबार अस्पतालको आकस्मिक कक्षमा झाडापखालाका चार बिरामीले उपचार लिन आएको अस्पतालको भनाइ छ। दैनिक पेटको समस्या लिएर आउने बिरामीमध्ये ४० प्रतिशतमा दूषित खाना तथा पानीका कारण हुने कीटाणुको संक्रमण भएको पाइएको सोही अस्पतालका चिकित्सक डा. अफतार जावेदले बताए।
पेटको समस्या लिएर आएकामध्ये केहीलाई लाक्षणिक उपचार गरी पठाउने गरेको र कीटाणु भेटिएकाहरूलाई एन्टिबायोटिक नै दिएर उपचार गर्ने गरेको डा। जावेदको भनाइ छ । सो अस्पतालमा उपचारका लागि पुग्नेहरू धेरैजसो दूषित पानी र खानाको कारण बिरामी भएको पाइएको उनले बताए।यो समाचार नागरिक दैनिकबाट साभार गरिएको होे ।
समाज
थप सामाग्री-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
३ घण्टा अगाडि
1.5kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…



