ललितपुरमा ११ वर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाइने

ललितपुर असार ५ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ५ देखि ११ बर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ । आइतबार पत्रकार भेटघाटका क्रममा स्वास्थ्य कार्यालयले असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सन्चालन गर्ने जनाएको हो । खोप कार्यक्रमको लागि खोप केन्द्र र स्थान निर्धारण गर्ने, लक्षित सङ्ख्या निर्धारण गर्ने, जनशक्ति परिचालन गर्नेलगायत तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ६ स्थानीय तहमा ८० हजार ४९५ जना पाँचदेखि ११ वर्षसम्मका बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । यो सङ्ख्या विद्यालयमा सुचिकृत भएका आधारमा तय गरिएको हो । यसवाहेक तथ्यांक घटबढ हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । ललितपुर महानगरपालिका बाहेक अन्य पालिकामा एक-एक दिनको समय तोकेर कार्यक्रम अघि बढाइने स्वास्थ्य कार्यालय प्रमुख सतिश विस्टले जानकारी दिए । उनका अनुसार इटाभट्टामा काम गर्ने र विद्यालयको पहुँचमा नरहेका बालबालिकालाई पनि सम्बन्धित पालिकाबाट खोप दिइने छ । बालबालिकालाई दिइने फाइजर खोपको लागि अनुगमन समेत गरिने प्रमुख विस्टले बताए। ‘यो खोपको रंग फरक छ, जसका कारण प्रयोग गर्न र चिन्न थाहा हुनेछ,’उनले भने, ‘यो खोपको प्याकेट सुन्तला रंगको छ ।’ यो खोपको प्रयोग ९१ प्रतिशत प्रभावकारी मानिएको छ भने अन्य मुलुकमा पनि यसको प्रयोग भइसकेको छ । यो खोप ५-११ उमेर समुहका बालबालिकाबाहेक अन्य उमेर समुहकालाई दिन मिल्दैन । जिल्लाभरीका बालबालिकालाई पुग्ने खोप छ र यो खोपको दुई मात्रा लगाए मात्रै पुग्नेछ । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाइने छ । ललितपुरमा १२ देखि १७ बर्षसम्मका वालबालिकालाई पहिलो र दोस्रो मात्रा खोप लगाइसकिएको छ। उनीहरूलाई छिट्टै बुस्टर डोज खोप दिइने छ ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
५ घण्टा अगाडि

1.6kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares