

दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्ध खोप
जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो ।यसअघि कोरोना खोप लगाउन छुटेका तथा बुस्टर डोज लगाउन बाँकी कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिइएको जिल्ला कारागार दार्चुलाका निमित्त जेलर रामराज पन्तले बताए । कारागारमा रहेका २९ जना कैदीबन्दी तथा दुई जना कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको हो । कारागारमा हाल ५२ जना कैदी र १९ जना बन्दी रहेका छन् भने एक जना महिला बन्दी छन् । कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी भएपछि यो वर्ष एक कोठा थप निर्माण गरिएको पन्तले बताए ।‘घ’ श्रेणीको कारागारमा २५ जना पुरुष र १५ जना महिला कैदीबन्दीको क्षमता हो । कारागार जीर्ण भए पनि मर्मत गर्दै कैदीबन्दी राख्ने व्यवस्था मिलाइएको कारागार प्रशासनले जनाएको छ ।रासस
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
६ घण्टा अगाडि
1.6kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



