

आजदेखि ललितपुरका सडकमा पानीपुरी बेच्न नपाइने
काठमाडौं, १२ असार । आजदेखि ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न नपाइने भएको छ । महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो ।
महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले पानीपुरी बेच्न नपाइने गरी माइकिङ सुरु गरिएको बताए । “पछिल्लो समय उपत्यकामा फैलिरहेको हैजालाई मध्यनजर गर्दै पानीपुरी बेच्न रोक लगाइएको हो । कडाइका साथ महानगर अनुगमनमा जुटेको छ,” हाछेथुले भने ।
महानगरका अनुसार होटल रेस्टुरेन्टहरूमा भएको पानी सफा भए नभएअनुसार बेचबिखन गर्ने दिइनेछ । हाछेथुका अनुसार बाहिर सडकमा राखिएको पानीपुरीको पानी अत्यधिक फोहोर भएकाले बेच्न नदिने भनिएको हो ।
सडकमा ठेलागाडा, फुटपाथमा राखिएको पानीपुरी अत्यधिक दूषित हुँदा हैजा फैलिएको खबर आफूहरूलाई प्राप्त भएको हाछेथुले बताए ।
समाज
थप सामाग्री-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
५ घण्टा अगाडि
1.6kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…



