

बढ्यो सुनचाँदीको मूल्य
13.8kViews
333
Shares
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा तोलामा दुई सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारकै मूल्य कायम हुँदै आज स्थिर रहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments Box
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





