उपत्यका मा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

काठमाडौं : काठमाडौंमा हैजा संक्रमण पुष्टि हुनेको संख्या १७ पुगेको छ। शुक्रबार काठमाडौंको कीर्तिपुर, कागेश्वरी मनोहरा र टेकुमा १-१ जनामा संक्रमण देखिएसँगै हैजा संक्रमण पुष्टि हुनेको संख्या १७ पुगेको हो।स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले प्राय सबैमा दुषित पानीका कारण हैजा देखिएको  जानकारी दिए।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ। इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ।

हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न र गर्मी तथा वर्षायाममा वशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन भनेको छ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
४ घण्टा अगाडि

1.6kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares