आज ९८ जनामा कोरोना संक्रमण पुष्टि , सक्रिय संक्रमितको संख्या ५६४ पुग्यो

काठमाडौं : आज  थप ९८ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१५४ नमूनाको परीक्षण भएकोमा ९८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।मन्त्रालयका अनुसार १ हजार ६१ नमूनाको पीसीआरबाट ८३ जना र १ हजार ९३ नमूनाको एन्टीजेनबाट परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज थप २७ संक्रमित निको भएका छन्।हाल नेपालमा ५ सय ६४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ६२ हजार ९७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
५ घण्टा अगाडि

1.6kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares