काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २६ पुग्यो

काठमाडौ, २४ असार । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २६ पुगेको छ । असार २ गतेदेखि देखिएको हैजा संक्रमण बिहीबारसम्म आइपुग्दा २६ जनामा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी क्षेत्र हैजाको रेड जोनमा रहेको छ । नगरपालिकाको वडा नम्बर ४,६, ७ र ९ मा गरी ८ जनामा हैजा संक्रमण देखिएको छ । त्यस्तै, काठमाडौं महानगरभित्र ११ जना, चन्द्रागिरी नगरापालिकामा २, कीर्तिपुरमा १ र बूढानीलकण्ठमा १ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिकामा १ र ललितपुर महानगरपालिकामा २ जनासहित उपत्यकामा हैजा संक्रमितको संख्या २६ पुगेको महाशाखाले जनाएको छ । हैजा संक्रमणबाट बच्न उमालेर मात्रै पानी पिउन तथा खानेकुरा र सरसफाइमा विशेष ध्यान दिन महाशाखाको अनुरोध छ ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
५ घण्टा अगाडि

1.6kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares