मोती दुगडको चलखेल गुट्खा, सूर्तीको आयत सहज, बच्चाका खाजा प्रतिवन्ध ?

 

काठमाडौं असार  ३० ।विदेशी मुद्राको अभाव देखाउँदै सरकारले विदेशबाट आयात गरिने केही बिलासिताका बस्तुको आयातमा प्रतिवन्ध लगाउने घोषणा गरेको छ । नेपाल राष्ट्र् बैंकले अति आवश्यक बाहेकका बस्तुको आयातका लागि एलसी नखोल्न सबै बाणिज्य बैंकलाई निर्देशन दिएको छ । राष्ट्र् बैंकको निर्देशनपछि धमीलो पानीमा माछा मार्न चाहाने केही काला व्यापारीको भने दिन खुलेको छ ।
यसरी दिन खुल्ने मध्येका भाग्यमानी ठहरीएका छन्, पूर्ववर्ती केपी वली सरकारका राज्यमन्त्री समेत रहेका मारवाडी व्यवसायी मोती दुगड । उनको चलखेल यतीबेला यती बढेको छ कि स्वास्थ्यका लागि हानिकारक ठानिएका गुट्खा, सुर्तीजन्य पानमसलाको आयातमा सहज गरिएको छ भने बच्चाबच्चीको लोकप्रिय खाजा मानिएको लेज, कुर्कुरेको आयातमा प्रतिवन्ध लगाइएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी वलीका अर्थ सल्लाहाकार समेत रहेका तत्कालिन राज्यमन्त्री दुगडले पार्टी कार्यालयको प्रयोजनका लागि घर भाडामा दिएर समेत वलीको मन जितेका थिए । उनी राज्यमन्त्रीका रुपमा रहँदा चिनीको कालो व्यापार गरेको भन्दै विरोध समेत भएको थियो । अहिले पनि स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिएको गुट्खा, सूर्तीजन्य पानमसला लगायतको आयातलाई सहजीकरण गराइँरहँदा उनैको निर्देशनमा बच्चाको खाजा कुर्कुरे, लेजमा आयात कडाइ गराउनु र एमालेको सरकार नै ढलेर अर्काे सरकार गठन भइसकेको अवस्थामा पनि दुगडको निर्देशन बमोजिम चल्ने मन्त्रालयका सचिव, सहसचिवका क्रियाकलाप आश्चर्यजनक लाग्दा देखिन्छ ।
आखिर यो देश कसले चलाएको छ ? काला व्यापारीको चलखेल जुनसुकै अवस्थामा पनि हुन्छ भन्ने घट्ना मोति दुगडकै क्रियाकलापले देखाइरहेको छ ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
५ घण्टा अगाडि

1.6kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares