मोती दुगडको चलखेल गुट्खा, सूर्तीको आयत सहज, बच्चाका खाजा प्रतिवन्ध ?

काठमाडौं  असार  ३० ।विदेशी मुद्राको अभाव देखाउँदै सरकारले विदेशबाट आयात गरिने केही बिलासिताका बस्तुको आयातमा प्रतिवन्ध लगाउने घोषणा गरेको छ । नेपाल राष्ट्र् बैंकले अति आवश्यक बाहेकका बस्तुको आयातका लागि एलसी नखोल्न सबै बाणिज्य बैंकलाई निर्देशन दिएको छ । राष्ट्र् बैंकको निर्देशनपछि ‘धमीलो पानीमा माछा मार्न चाहाने’ केही काला व्यापारीको भने दिन खुलेको छ ।
आपूर्ति मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनका साथै सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथि) जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन बाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरू र तास आयात गर्न असार मसान्तसम्म प्रतिबन्ध लगाएको थियो ।
तर, त्यो नियमले नछुने अर्थात् बजारलाई चलखेल तुल्याउने भाग्यमानी ठहरीएका छन्, पूर्ववर्ती केपी वली सरकारका राज्यमन्त्री समेत रहेका मारवाडी व्यवसायी मोती दुगड । उनको चलखेल यतीबेला यती बढेको छ कि स्वास्थ्यका लागि हानिकारक ठानिएका गुट्खा, सुर्तीजन्य पानमसलाको आयातमा मात्र सहज गरिएको छैन, ब्रिटनीया विस्कुट, चकलेट, हल्दीरामका विभिन्न उत्पादन समेत सहज आयात भइरहेका बेला बच्चाबच्चीको लोकप्रिय खाजा मानिएको लेज, कुर्कुरेको आयातमा भने प्रतिवन्ध लगाइएको छ ।
असार मसान्त सकिन दुई दिन मात्र बाँकी रहँदा अब यो आदेशलाई निरन्तरता दिने कि संशोधन गर्ने भन्ने बारेमा आपूर्ति मन्त्रालय अन्योलमा रहेको बताइन्छ । असार ३२ गते मध्यरात भित्रै राजपत्रमा के के आपूर्ति गर्न दिने के के मा रोक लगाउने भन्ने बारेमा निर्णय नभएमा बिलासिताका बस्तुहरु आयात गर्नका लागि एलसी खोल्न बैंकहरु सक्रिय हुने अवस्था एकातिर छ भने हालकै नियमलाई निरन्तरता दिँदा अस्वस्थकर मात्र होइनन् कि स्वास्थ्यमै हानिकारक गुट्खा, सुर्तीजस्ता पदार्थको आयात निरन्तर एवम् सहज ढंगबाट हुने तर सामान्य मुल्यका बच्चाबच्चीका खाजा कुर्कुरे, लेजमाथि प्रतिवन्ध लागिरहने अवस्था तर्फ सम्वन्धित पक्षले ध्यान दिनु पर्ने देखिन्छ ।
तत्कालिन प्रधानमन्त्री केपी वलीका अर्थ सल्लाहाकार समेत रहेका तत्कालिन राज्यमन्त्री दुगडले पार्टी कार्यालयको प्रयोजनका लागि घर भाडामा दिएर समेत वलीको मन जितेका थिए । उनी राज्यमन्त्रीका रुपमा रहँदा चिनीको कालो व्यापार गरेको भन्दै विरोध समेत भएको थियो । अहिले पनि स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिएको गुट्खा, सूर्तीजन्य पानमसला लगायतको आयातलाई सहजीकरण गराइँरहँदा उनैको निर्देशनमा बच्चाको खाजा कुर्कुरे, लेजमा आयात कडाइ गराउनु र एमालेको सरकार नै ढलेर अर्को सरकार गठन भइसकेको अवस्थामा पनि दुगडको निर्देशन बमोजिम चल्ने मन्त्रालयका सचिव, सहसचिवका क्रियाकलाप आश्चर्यजनक लाग्दा देखिन्छ ।
आखिर यो देश कसले चलाएको छ रु काला व्यापारीको चलखेल जुनसुकै अवस्थामा पनि हुन्छ भन्ने घट्ना मोति दुगडकै क्रियाकलापले देखाइरहेको छ ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
५ घण्टा अगाडि

1.6kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
Shares