

कारागारमा कोरोना फैलियो, १६ जना अस्पताल भर्ना
मोरङको विराटनगरस्थित जिल्ला कारागारका १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुलाई कोशी कोभिड अस्पताल भर्ना गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार उनीहरुलाई आजै कोभिड अस्पताल भर्ना गरिएको हो ।‘कारागारको अवस्था खराब भयो, कारागारका कतिपय कोठाहरू आइसोलेट गर्ने तयारी भएको छ,’ दाहालले भने, ‘संक्रमित भएको हुनसक्ने अन्य कैदी बन्दीहरुको कोभिड परीक्षणका लागि महानगरपालिकाले ५० वटा किट लिएर गएको छ ।’कारागारका एक कैदीको भने अत्याधिक ज्वरोको कारण मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण हो कि होइन भन्ने विषय अझै पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । कारागारमा रहेका ३९ वर्षीय कैदी नीरबहादुर नेपालको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ‘४ दिन अगाडि कोशी अस्पताल भर्ना भएका रहेछन्, उपचारकै क्रममा उनको मृत्यु भएको हो, कोरोना टेस्ट भएको थिएन, के कारणले उनको मृत्यु भयो भन्ने कुरा अहिले नै भन्न सकिँदैन,’ दाहालले भने, ‘अन्य भर्ना भएका १६ जनाको परीक्षण गर्दा सबैमा कोरोना देखिएको हो ।’ परीक्षण गरिएका अन्य २ जनाको भने कोरोना नेगेटिभ देखाएको थियो । उनीहरु सबैको एन्टिजेन परीक्षण गरिएको थियो । मोरङ कारागारमा १ हजार ८७ जना कैदीबन्दी रहेका छन् । कारागारमा महिला ब्लकमा भने कसैमा पनि कोरोनाको लक्षणका बिरामी नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । कोरोना संक्रमण हुने सबै कैदी बन्दी पुरुषहरु हुन् ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
६ घण्टा अगाडि
1.6kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



