

लागूऔषध सहित २ जना पक्राउ
सुर्खेत माघ २० । वीरेन्द्रनगर नगरपालिका-६ बसपार्कस्थित चौलागाई होटलबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा रहेका छन् । होटलमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१७ गुलरीयाबाट १ ग्राम ३ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका-१२ हापुर बस्ने २६ वर्षीय दिपेन्द्र खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१७ गुलरीयाबाट १ ग्राम ३ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका-१२ हापुर बस्ने २६ वर्षीय दिपेन्द्र खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका-१ गहतेबाट करिब ७ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २२ वर्षीय पबन जिसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरीले पवनको घर तलासी गर्नेक्रममा लुकाईछिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-४ ओमशान्ति टोलबाट ३ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र सोही नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।बाजुरा, खप्तड छेडेदह गाउँपालिका-५ डोगडी बजारबाट सोही गाउँपालिका-७ लमगाउँ बस्ने ४० वर्षीय हर्क बहादुर रावतलाई करिब १० केजी अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । से.१ ज ६०९ नम्बरको जिपलाई प्रहरी चौकी डोगडीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जिपमा सवार रावतलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१६ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



