

कारागारका ५४ कैदीमा कोरोना सङ्क्रमण
विराटनगर : मोरङ कारागारका ५४ जना कैदी बन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना परीक्षण गरिएकामध्ये शनिबार साँझ थप ३५ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
पीसीआर परीक्षणका लागि ४८ जनाको स्वाब संकलन गरिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ४८ जनामध्ये १३ जनाको रिपोर्ट नेगेटिभ र ३५ जनाको पोजिटिभ आएको जानकारी दिए। उनका अनुसार रिपोर्ट नेगेभिट आएकालाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण छयसअघि शुक्रबार १९ जना कैदी बन्दीमा कोरोना पुष्टि भएको थियो। थप ३५ जनाको रिपोर्ट पोजिटिभ आएपछि संक्रमित कैदी बन्दीको संख्या ५४ पुगेको दाहालले बताए। उनका अनुसार पछिल्लो रिपोर्टले कारागारभित्र तीव्र रूपमा संक्रमण फैलिएको पुष्टि हुन्छ। संक्रमण फैलिएपछि उच्च सावधानी अपनाइएको जानकारी उनले दिएका छन्। संक्रमण पुष्टि भएका कैदी बन्दीलाई थप उपचारका लागि कोसी कोभिड अस्पताल भर्ना गर्ने तयारी थालिएको दाहालले बताए। ‘कोरोना पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य नै छ। उनीहरुलाई कारागारभित्र नै राख्दा अरु कैदी बन्दीमा पनि संक्रमण फैलिने जोखिम छ,’ उनले भने, ‘संक्रमितलाई तत्काल कोभिड अस्पताल लगेर कारागारभित्रको जोखिमलाई कम गर्ने तयारीमा लागेका छौँ। त्यसका लागि अस्पतालको अवस्था बुझ्न खोज्दै छौँ।’ प्रजिअ दाहाल नेतृत्वको टोलीले अनुगमन एवं निरीक्षण गरेर कोभिड अस्पतालमा बेडको अवस्था, स्वास्थ्यकर्मीसमेतका जनशक्तिको उपलब्धता, अस्पतालबाट प्रवाह भइरहेको सेवा प्रवाह, संक्रमितले पाइरहेको उपचारलगायतका बारेमा जानकारी लिने तयारी गरेको छ। कारागारका अन्य कैदी बन्दीको पनि कोरोना परीक्षण गरिने उनले बताए। ‘कारागारभित्र परीक्षणलाई व्यापक बनाइने छ। परीक्षण गर्दा शंकास्पद र ज्वरोको समस्या देखिएकाहरुलाई प्राथमिकतामा राखिने छ,’ दाहाल भन्छन्, ‘अरुलाई कोरोना सर्ने जोखिमका कारण रिपोर्ट पोजेटिभ आएकालाई कारागारभित्र राखिने छैन। शंकास्पदलाई समेत छुट्टै राख्ने व्यवस्था मिलाइएको छ।’महिला र पुरुष गरेर मोरङ कारागार ३ सय जना क्षमताको छ। तर ३ गुणाभन्दा बढी कैदी बन्दी राखिएको छ। कोचाकोच गरेर कैदी बन्दी राख्नु परिरहेका बेला कोरोना फैलिएपछि कारागारभित्रको अवस्था अस्तव्यस्त बनेको छ। असहज बसाईले समस्या भोगिरहेका कैदी बन्दीमा कोरोना फैलिएपछि उनीहरुको व्यवस्थापन र उपचारमा समस्या हुन थालेको छ। कारागारभित्र हाल १ हजार १२ जना कैदी बन्दी रहेको प्रजिअ दाहालले बताए।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
६ घण्टा अगाडि
1.6kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



