दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ । बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित रहन सन्देश प्रवाह गर्दै नेपाल टेलिकम र एनसेलबाट उक्त एसएमएस पठाइएको हो । जल तथा मौसमविज्ञान विभागका बाढीविद् विनोद पराजुलीले एनसेलबाट करिब २१ लाख ७२ हजार र नेपाल टेलिकमबाट १९ लाख २१ हजार मोबाइल एसएमएस सर्वसाधारणलाई पठाइएको जानकारी दिए । ‘प्राकृतिक विपद्बाट हुन सक्ने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले सर्वसाधारणलाई मोबाइल एसएमएस पठाउन नेपाल टेलिकम र एनसेलसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको थियो,’ उनले भने, ‘असोज ११ र १२ गते गरी दुई दिनमा मात्रै विपद्को जोखिम भएको क्षेत्र आसपासमा बस्ने सर्वसाधारणलाई एसएमएस पठाएका थियौँ  ।’ हाल जल तथा मौसम विज्ञान विभागले मनसुनजन्य विपत्तिबाट जोगाउन वार्षिक ९० लाख एसएमएस सर्वसाधारणलाई पठाउने गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले बताए ।
‘हामी प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गर्छौँ, यसले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ,’ उनले भने, ‘यस्तो विपद् ल्याउने किसिमको वर्षा हुन्छ भनेर हामीले मौसमी बुलेटिनमा प्रकाशित गरिसकेका थियौँ । विपद्पछि पनि पूर्व सूचना दिन एसएमएस पठाएका थियौँ । कयौँले थाहा पाएर पनि हेल्चेक्राइँ गरेका कारण मानवीय क्षति भएको छ ।’उनका अनुसार बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ को व्यवस्था गरिएको छ । नेपाल टेलिकम र एनसेलले बाढीको पूर्वसूचना उपलब्ध गराउन निःशुल्क एसएमएस प्रवाह गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर (एमओयू) भएपछि एसएमएस प्रवाह गर्न सहज भएको उनको भनाइ छ । रासस

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२० घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
132 Shares