

समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गरौं : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गर्नुपर्ने बताएका छन् । समाजवादी आन्दोलनको आजको अवस्था र काङ्ग्रेस कम्युनिष्टको चरित्रबारे टिप्पणी गर्दै बस्नेतले सो कुरा बताएका हुन् ।
‘नेपालमा समाजवादी आन्दोलनको क्षयीकरण र काङ्ग्रेस कम्युनिष्टको भ्रष्टीकरण तीव्र गतीमा भइरहेको छ । समाजवादी आन्दोलनलाई व्यवस्थित नगर्ने हो भने मुलुकमा सङ्कट झन गहिरिने पक्का छ,’ बस्नेतले भने ।
काङ्ग्रेस कम्युनिष्टको विकल्पमा समाजवादी आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरेका समाजवादीहरु नै आज काङ्ग्रेस कम्युनिष्टको टेको बन्ने होडबाजीमा लागेको उनको आरोप छ ।
‘समाजवादी आन्दोलनलाई काङ्ग्रेस कम्युनिष्टकै कठपुतली बनाइन लागेको छ । समाजवादी आन्दोलनलाई तितरबितर पार्ने कोसिस भइरहेको छ, बेलैमा सजग र सचेत भई अगाडि बढ्नुपर्ने भएको छ,’ बस्नेतले भने ।
बस्नेतले समाजवादी आन्दोलनको रुपमा १२ वर्ष अघि आजको दिन अशोक राई नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टी, नेपाल गठन भएको स्मरण गरेका छन् ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१८ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



