

भिजिट भिसामा नयाँ रुट खोज्दै मानव तस्कर, भारत हुँदै दुबई जान लागेका दुई युवती फर्काइए
काठमाडौं : गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जान रोक लगाएपछि मानव तस्करहरुको सञ्जालले नयाँ नयाँ रुट खोज्न थालेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रहरी, एयरलाइन्स कर्मचारी र अध्यागमनका केही अधिकृतहरुले नै मावन तस्करीमा सहयोग पुर्याएको भन्दै गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक लगाएको हो। सर्वसाधारणले दुख नपाउन र मानव तस्करीको चेन ब्रेक होस् भन्ने उद्देश्यले गृह मन्त्रालयले भिजिट भिसामा कडाइ गरेको हो। भिजिट भिसामा विमानस्थलबाट सिधै मलेसिया र खाडी मुलुक जान नपाउने भएपछि मानव तस्करहरुको सञ्जालले भारतको बाटो प्रयोग गर्न थालेको पाइएको छ। केही म्यानपावर व्यवसायीले भिजिट भिसामा सेटिङ गरी सोझासाझा नेपालीहरुबाट चर्को रकम असुली खाडी मुलुक र मलेसिया पठाउने गरेका छन्। भिजिट भिसामा जानेहरुले खाडी मुलुकमा जागिर नपाउने र जागिर पाएपनि थोरै रकम प्राप्त गर्ने गरेका छन्। रुट फेर्दै भिजिट भिसामा भारत हुँदै दुबई जान लागेका दुई युवतीलाई बिहीबार अध्यागमनले फर्काइदिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले बिहीबार भारत जान लागेका सिन्धुपाल्चोकका साङ्गे डोल्मो लामा र फुलमाया तामाङलाई प्रस्थान अनुमति दिन अस्विकार गर्यो। त्यसको प्रमुख कारण थियो, उनीहरुको राहदानीमा दुबईको भिसा भेटिनु। अध्यागमनका अधिकारीहरुसँग लामा र तामाङले आफूहरु भारत जाने जिकिर गरेका थिए। तर उनीहरुले भारत जानुको उद्देश्यसमेत पुष्टि गर्न सकेनन्। भारत जानु पर्ने कारण समेत पुष्टि गर्न नसक्नु र उनीहरुको राहदानीमा दुबईको भिसा भेटिएपछि अध्यामगनका अधिकारीहरुले शंका गर्ने ठाँउ प्रशस्त भेटे। त्यसपछि अध्यागमनले उनीहरुलाई शंकास्पद यात्रा भन्दै फर्काइदियोअध्यागमनका एक अधिकारीका अनुसार, त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा जान रोक लगाएपछि मानव तस्करी गर्दै आएका म्यानपावर व्यवसायीहरुले पाकिस्तान, श्रीलंका, भारतको बाटो हुँदै मलेसिया र खाडी मुलुक पठाउन प्रयत्न गरेको देखिन्छ। केही साता अघि दुबई हुँदै पाकिस्तान हिँडेकी एक महिलालाई समेत फर्काइदिएको थियो। अन्नपूर्ण पोस्ट बाट ,
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



