सोलुखुम्बुमा भारी हिमपात, सवारी आवगमन ठप्प

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा भारी हिमपात भइरहेको छ । जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा गए रातिदेखि भारी हिमपात भइरहेको हो।

सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन चल्न सकेका छैन। जिल्लाबाट दैनिक रुपमा राजधानी काठमाडौं लगायतका स्थानहरुमा जाने सवारी साधनहरु सञ्चालन हुन नसकेको यातायात व्यवसायी दोर्जी शेर्पाले बताए । जसका कारण दर्जनौं यात्रु रोकिएको उनको भनाइ छ । सडक मार्गबाट जिल्ला भित्रने एक मात्र नाका पत्ताले क्षेत्रको सडकमा करिब २ फिट जति हिउँ जमेकाले तत्काल यातायातका साधन चल्ने सम्भावना कम रहेको छ ।हिमपातपछि सदरमुकाम सल्लेरी, फाप्लु, नयाँ बजार लगायतका क्षेत्रमा हिउँ खेल्ने मनिसहरु सडकमा निस्कन थालेका छन् भने हिउँ पर्ने क्रम झनै बाक्लिदै गएको स्थानीय रमेश राईले जानकारी दिए । जिल्लाको खुम्बु क्षेत्रमा करिब ११ /१२ दिन यता दैनिक जसो नै हिमपात भइरहेको छ भने गएरातिदेखि सुरु भएको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ ।

सो क्षेत्रमा बाक्लो हिउँ जमेका कारण मानिसहरू घर बाहिर निस्कन समेत मुस्किल भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख भुमिराज उपाध्यायले जानकारी दिए

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१६ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares