आज मंसिर २७ गते बिहीबारको राशीफल : पाथिभरा माताले रक्षा गरुन

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- कृषि चौपायाबाट हानि पुग्न सक्छ। बन्द व्यापारमा घाटा देखिन्छ, रोगले पनि सताउन सक्छ। खर्च गर्दा होस पुर्याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अनावश्यक ठाँउमा पैसा खर्च हुँदैछ। व्यवसायिक क्षेत्र सफल रहने छ। आम्दानीमा कमी आउने छ। रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । साथै अन्नको पनि लाभ हुने दिन छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । पढाइमा खासै मन नजाला, होसियार रहनु होला । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- धनमनग्य कमाउने अवसर मिल्नेछ । सोच्ने शक्ति बढ्ने छ । ब्यापारमा उन्नती पनि हुनेछ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । धनको पनि लाभ होला । आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाँउबाट पैसा आउने देखिन्छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्ने छ । कमाइ रामै्रसँग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । टाढाको यात्राको पनि योग छ । पढाइमा पाउने सफलता यथावत रहनेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, रुपैँया पैसा फस्ने दिन छ। बौद्धिक कार्यबाट धन लाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, होस पुर्याउनु होला । यात्राको अवसर पनि मिल्न सक्छ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- मनमा हौसला बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नँया काम पाउने योग छ । आमाको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला । आज टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला । सोचेको काम भने समयमा नै पुरा नहोला ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- प्रयत्नले धन कमाउने अवसर मिल्ने छ । व्यापारमा गरेको लगानि सन्तोस प्रद रहनेछ । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । धन खर्च हुन सक्छ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ। पशुधन र जमिनबाट सामान्य लाभ होला । साथै आवश्यक र उपलब्धी मूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- वादविवाद, झै झगडामा पर्न सकिन्छ, सावधान रहनु होला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ । कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा होला । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । धनको पनि नाश होला।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- मान प्रतिष्ठा अभिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसँग सानो मनमुटाव हुन सक्छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइ बहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । छोरा छोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ । कृषिको कामबाट पनि फाइदै होला।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । यात्राको समय छ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२० घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
221 Shares