

प्रहरीमा बढुवा योग्यता र क्षमता होइन चाकडी, पैसा र पावर नै मापदण्ड ?
शुक्रबार राती दुई डीआईजीको एआईजीमा बढुवा सिफारिस भए लगत्तै एसपीबाट एसएसपी बढुवा फेरि अलमलमा परेको छ । शुक्रबार बढुवा सिफासिमा परेका भरत बोहोराले पुष १४ गते ५६ वर्षे उमेर अवधिका कारण र अर्का एआईजी किरण बज्राचार्यले पनि उमेर अवधिकै कारण पुष १५ गते अवकाश पाउने भएपछि ती पदमा पूर्ति नभएसम्म यसअघि लामो समयदेखि बढुवामा अलमल पर्दै आएको एसएसपी पद झन् अन्योलमा परेको हो । त्यसो त अर्का डीआईजी अर्जुन चन्दले पनि माघ १ गते उमेर अवधिकै कारण अवकाश पाउँदै छन् । कतै एसपीबाट एसएसपी बढुवा गर्न त्यो रिक्त पद पनि कुर्ने मनशायमा त छैन सरकार ?
आफ्ना मान्छे तान्ने योजनाबद्ध सोचका साथ यसरी बढुवा कार्य अलमलाईएको हो । असार-साउन देखि नै रिक्त रहेको एसएसपीका केही पद भदौ १५ मा ठूलो संख्यामा एसएसपीले अवकाश पाउँदा अहिले एसएसपी दरवन्दी हेडक्वाटरदेखि प्रदेशसम्म, तालिम केन्द्रदेखि उपत्यका ट्राफिकसम्म जताततै रिक्त हुँदा डीआईजीको ट्वाइसी कतिपय ठाउँमा डीएसपी देखिएका छन् । कतिपय ठाउँमा एसपी छन् । तर, ‘चेन अफ कमाण्ड’ शैलीमा चल्ने प्रहरी संगठनलाई पंगु बनाउन सरकार आफैँ लागि परेको देखिन्छ । १ दिन २ दिनका लागि माथिल्ला तहमा बढुवा गरेर एक जना व्यक्तिको खुसीका लागि राज्यको आर्थिक भार बढाइदिने तर, तल्लो तहका प्रहरीका अधिकारीको वृत्ति विकाश रोकिदिने सरकारको नियत बुझिसक्नु छैन ।
माथिल्ला तह रिक्त हुँदै गर्दा सक्षम, योग्य, व्यवसायीक अधिकारीलाई बढुवा गर्दै जानु पर्नेमा अहिले एसएसपीको रिक्त पदलाई सञ्चित गर्दै जाँदा उक्त पदको पूर्ति गर्दा २ समूह जो २०७५ का १६ जना र २०७७ का २१ बीच टक्कर पर्ने देखिएको छ । २०७५ मा बढुवा पाउने मध्ये पनि ३ जना २०५६ को प्रहरी निरीक्षक नियुक्तीका हुन भने बाँकी २०५८ मा प्रहरी निरीक्षकमा नियुक्ती पाएकाहरु हुन् । त्यसो त २०७७ मा एसपीमा बढुवा पाएका मध्ये पनि २ जना २०५५ मा राष्ट्रिय अनुसन्धानमा नियुक्ति लिएर नेपाल प्रहरीतर्फ स्थानान्तरण भएकाहरु छन् ।
यसअघि, एसएसपीबाट डिआईजी बढुवा गर्दा राष्ट्रिय अनसन्धान विभागमा निरीक्षक पदमा नियुक्ती लिएर नेपाल प्रहरीमा स्थानान्तरण हुनेहरुलाई एकसाथ तानिएको थियो । तर, प्रहरी संगठन भित्र भने तोकआदेशका भरमा राअवीमा नियुक्ती पाएकाहरु हजारौंमा छानिएर प्रहरी निरीक्षक भएकाहरुसँग तुलना गर्न नमिल्ने भन्दै चर्काे असन्तुष्टि भइरहेको अवस्था हो । पावर र पैसाकै भरमा पहुँच बनाएकाहरुले सरकारमा रहेकाहरुसँग सामिप्यता जोड्न सक्दा एसएसपी बढुवा पेचिलो बन्दै गएको हो ।
माथिल्ला तहमा पद रिक्त भएसँगै बढुवा गर्दै गएर योग्य-योग्य बीच पनि अति योग्यको चयन गर्न/गराउन सक्नु पर्ने प्रहरी संगठनमा आफ्नो र अर्काे भेद गर्दा दुई वर्ष कनिष्ठलाई पनि तानेर उत्राउत्रै बनाइँदैछ भने वरिष्ठलाई थिचेर होच्च्याउने काम भइरहेको टिप्पणी यत्रतत्र, सर्वत्र भइरहेको छ ।
तर, सरकार आँखामा पट्टी, कानमा कपास कोचेर देखेको नदेखे जस्तो र सुनेको नसुने जस्तो गरिबसेको अवस्था हो । संगठनकै नेतृत्वकर्ताले टुलुटुलु हेरिबस्दीए पछि कसको के लाग्दो रै’छ र ? हुन त उनी स्वयम् १३ बाट १ मा उछिट्टीएर आएका न परे !
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२० घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



