हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन

काठमाडौँ । हरेक दिन थोरै मात्रामा वाइन पिउँदा मुटु जोगिने स्पेनमा गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययन मुटुसम्बन्धी रोगको उच्च जोखिम भएका ६० वर्ष माथिको मानिसहरूमाझ गरिएको थियो ।यसमा दैनिक एक चौथाइ ग्लास वाइन पिउनेहरूमा पिउँदै नपिउने मानिसहरूको तुलनामा हर्ट एट्याक वा स्ट्रोक जस्ता मुटुसम्बन्धी रोग लाग्ने जोखिम ५० प्रतिशतले घटेको पाइयो । तर दिनको एक ग्लासभन्दा धेरै वाइन पिउनेहरूमा भने वाइनले पार्ने सुरक्षात्मक प्रभाव हराएको अध्ययनका लेखक डा.रामोन एस्ट्रचले भनेका छन् । एष्ट्रचले बार्सिलोना विश्वविद्यालयमा मुटुसम्बन्धी रोग, पोष र बुढ्यौलीको अध्ययन गरिरहेका छन् ।यो अध्ययनले स्वस्थकर आहार (जस्तै मेडिटेरियन आहार) अपनाउँदै ठिक्क मात्रामा वाइन खानुको महत्त्व जाँचेको एस्ट्रच भन्छन् । अध्ययनले वाइनलगायतका रक्सीले स्वास्थ्यमा पार्न सक्ने चिरपरिचित क्षतिबारे विचार नगरेको आलोचकहरू बताउँछन् ।अध्ययनले थोरै मात्रामा वाइन खाँदा मुटुको रोग लाग्ने जोखिम कम हुन्छ भनेर भनेको भए पनि वाइनको बोतल खोल्नुपर्ने भरपर्दो कारण यसले देखाउन नसकेको विज्ञहरू बताउँछन् । अत्यधिक रक्सीको खपत मुटुको स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा प्रमाणित भइसकेको छ ।धेरै रक्सी खाँदा मुटुको रोगको जोखिम बढ्छ नै साथै उच्च रक्तचाप जस्ता समस्याका साथै कलेजोमा समस्या देखिन्छ । यसका कारण ६ थरी क्यान्सर हुन्छ भनेर हालै गरिएको एउटा अध्ययनले पनि देखाएको थियो । रक्सी खाइने ग्लासको आकारबारे पनि विज्ञहरूले प्रश्न उठाएका छन् । मान्छेहरूले अलिकति वाइन खानु मुटुको लागि राम्रो हो’ भनिरहेको त आफूहरूले सुनेको तर ‘धेरै वाइन खानु मुटुको लागि राम्रो होइन’ भन्ने कुरा आफूहरूलाई थाहा भएको अक्सफोर्ड विश्वविद्यालयमा कार्डियोभस्कुलर मेडिशिनका प्राध्यापक पल लिसनले भनेका छन् । लिसन यो अध्ययनमा भने  सहभागी भएका थिएनन् ।एजेन्सी

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
३ घण्टा अगाडि

1.5kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
462 Shares