

युट्यूवर र अभियन्तामाथि कुटपिट गर्ने म्यानपावर संचालक पक्राउ
काठमाडौं । काठमाडौँको सामाखुसीमा रहेको ट्रिपल स्टार म्यानपावर कम्पनीका संचालक भीम गुरुङ पक्राउ परेका छन् ।
गुरुङलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले विहीबार पक्राउ गरेको हो ।गुरुङले यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा यूएई पठाइ अलपत्र पारेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।गुरुङले आफ्नो विपक्षमा बोल्न खोजेको भन्दै युट्यूवर र अभियन्तामाथि कार्यालयभित्रै कुटपिट गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।
पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लगिएको बताइएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२३ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



