

खुल्नै सक्दैनन् एचआइभी सङ्क्रमित
दमौली । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् । तेस्रोमा तनहुँमा सङ्क्रमित सङ्ख्या छ । यहाँ भएका सङ्क्रमितमध्ये दुई सय ६२ जनाले दमौली अस्पतालबाट एआरटी औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । अन्य जिल्ला घर भएका ३२ जनाले पनि दमौली अस्पतालबाट एआरटी औषधि सेवन गरिरहेको उनले बताए ।
सामाजिक लाञ्छना र तिरस्कारको भयका कारण कतिपय सङ्क्रमित अझै खुल्न सकेका छैनन् । कतिपयले दमौली अस्पतालमा नआई अन्यत्र गएर औषधि सेवन गर्ने गरेको अधिकारीको भनाइ छ । उनले भने, य‘हाँ चिनिने र समाजमा पहिचान खुलेमा लाञ्छना र अन्य समस्या हुनसक्छ भन्ने डरका साथै अज्ञानताका कारण कतिपय उपचार गर्न आउँदैनन् ।एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको बताए । ‘समाजले गर्ने अवहेलनाका कारण एचआइभी सङ्क्रमित खुलेर बाहिर आउन सकेका छैनन्,’ उनले भने, ‘संस्थाले यस्तालाई सहजीकरणको काम गरिरहेको छ । नजिकको अस्पतालमा उपचारका लागि गएका बेला अरूले देखेमा समस्या हुन्छ भनेर एचआइभी सङ्क्रमित त्रासमा छन् । कतिपय त रोग लुकाएर बस्न बाध्य छन्, यो राम्रो होइन ।’रासस
समाज
थप सामाग्री-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
३ घण्टा अगाडि
1.5kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…



