

काठमाडाैं उपत्यका वरपरका डाँडामा हिमपात
काठमाडौं माघ २१ ।नेपालमा माघमा निरन्तर वर्षा र हिमपात भएको छ । माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपात भएको छ ।
बिहीबारदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको वर्षा र हिमपातले देशभरको जनजीवन कष्टकर बनिरहेको छ । वर्षासँगै बढेको चिसोले बालबालिका र वृद्धवृद्धा तथा पशुचाैपायालाई असर गरेको छ ।
हुम्ला, मनाङ, मुगुसहित हिमाली क्षेत्रमा भएको हिमपातले तीन फिटभन्दा बढी हिउँ जमेको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित देशभरका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ ।
फुल्चाेकी, शिवपुरी, दलचाेकी, चन्द्रागिरिसहित काठमाडौं उपत्यका आसपासलगायत उच्च पहाडी क्षेत्रमा पनि पटकपटक हिमपात भएको छ । अझै केही दिन मौसममा सुधार आउन समय लाग्ने मौसमविद्हरूले जानकारी दिएका छन् । मौसमविद्हरूले देशभरि नै भारी वर्षा भइरहेकाे जनाएका छन् । उनीहरूका अनुसार शनिबार बिहानसम्म माैसम बदली नै रहने छ ।
समाज
थप सामाग्री-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
-
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
-
मधेशमा सुधारको नयाँ अध्याय लेख्दै डिआईजी गोविन्द थपलिया : आठ महिनामै ऐतिहासिक छाप
-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
१६ घण्टा अगाडि
1.9kViews 162 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवसँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा फैलाइएको…



