

जनकपुरमा चिकित्सक सम्मेलन सुरु
महेन्द्रनगर । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यलेआयोजित चिकित्सकको राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा सुरु भएको छ । विशेषज्ञ चिकित्सकहरुको छाता सङ्गठन सिमोनद्वारा आयोजित सो सम्मेलनको वरिष्ठ चिकित्सक डा अशोकानन्द मिश्रले उद्घाटन गरे ।सिमोनको आयोजना र मधेस प्रदेश च्याप्टरको स्थानीय सहयोगमा दुई दिने सम्मेलन सुरु भएको हो । यो सम्मेलनले चिकित्सकहरुको ज्ञान र क्षमता अभिवृद्धि गर्ने रहेको बताइएको छ । सम्मेलनमा देशभरका विशेषज्ञ फिजिसियन चिकित्सक सहभागी रहेकोे सम्मेलनमा ५० कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुनेछन् । पहिलो पटक जनकपुरधाममा आयोजना भएको सम्मेलनमा भाग लिनका लागि करिब चार सयभन्दा बढी चिकित्सकको उपस्थिति रहेकोे छ ।सम्मेलनमा नेपाल भरिका चिकित्सकले तयार गरेको शोधपत्र र नयाँ अनुसन्धानको प्रस्तुतीकरण हुने तथा यसले चिकित्सकको ज्ञानमा अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ । सिमोनको छैटौँ राष्ट्रिय सम्मेलनले चिकित्सकको बीचमा विचार विनिमयको अवसर सिर्जना गर्ने र चिकित्सकीय अनुसन्धानमा नयाँ सोच ल्याउने जनाइएको छ ।सिमोनका मधेस प्रदेश च्याप्टरका सचिव रमण मिश्रले स्वास्थ्य उपचारका क्षेत्रमा चिकित्सकको आपसी सहयोग र समन्वय हुने उदेश्यका साथ यो कार्यक्रम गरिएको बताए । यसअघि नेपालका विभिन्न भागमा यस संस्थाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या निराकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको सिमोनका मधेस प्रदेश च्याप्टरका अध्यक्ष चिकित्सक कूलदीप पण्डितले जानकारी दिए । रासस
समाज
थप सामाग्री-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
३ घण्टा अगाडि
1.5kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…



