

नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम
क्रिटिकल केयर नर्सेस एशोसिएशन अफ नेपाल अन्तरगत एनसिसि डेभलपमेन्ट फाउण्डेशनकी अध्यक्ष लक्ष्मी केसी भण्डारी, फाउण्डेशनका कविता सिटौला, श्रेयष्मा रेग्मी, श्रृष्टी अर्याल, सपना खड्का, प्रभा श्रेष्ठ लगायतले विषयगत तालिम दिएका थिए ।
क्रिटिकल केयरको तालिमले नेपाल मेडिकल कलेजमा आउने विरामीहरुको उपचार तथा स्याहारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कलेजका अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले नर्सहरु बिरामीको उपचार तथा अस्पताल सेवाको लागि महत्वपूर्ण रहेको बताउँदै उनीहरुको क्षमता अभिबृद्धि गर्न कलेज सदैव सकारात्मक रहेको बताउनु भयो । उहाँले तालिमले कलेजको स्वास्थ्य सेवा, आइसियूको सेवा गुणस्तरीय र प्रभावकारी हुने विस्वास लिएको बताउनु भयो ।
तालिमको समापनमा सहभागीहरुलाई संवोधन गर्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यास्मिनले तालिमबाट अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिकाहरुको क्षमता विकास, क्रिटिकल केयरको उपचारमा थप क्षमता विकास भएको बताउनु भयो । उहाँले तालिममा सिकेका विषयहरु कार्यान्वयन गर्नु ठूलो कुरा रहेको बताउँदै कलेजले समय समयमा यस्ता तालिमहरु सञ्चालन गर्दै जाने उल्लेख गर्नुभयो ।
कुनैपनि बिरामीको उपचारमा डाक्टरहरुको जति भूमिका रहन्छ नर्सहरुको भूमिका पनि रहने भन्दै प्रबन्ध निर्देशक डा. यासमिनले डाक्टरहरुले लेख्ने औषधी एकै प्रकारको भएपनि नर्सहरुबाट पाउने स्वास्थ्य स्याहार फरक र महत्वूर्ण हुने जिकीर गर्नुभयो । नेपालमा मात्र नभएर दक्षिण एसियामै क्रिटिकल केयरलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउँदै क्रिटिकल केयरको तालिमले नर्सहरुलाई बिरामीको सेवा र उपचारमा बढी लगनशील र दृढ बनाउने अपेक्षा गरेको बताउनु भयो । ‘यो तालिमले तपाईहरुको क्षमतालाई अझै विस्तार गर्नेछ ।
आइसियूको मोडालिटीलाई अझै राम्रो बनाउन अपेक्षा लिएका छौं । तालिम पछि तपाईहरु नेपालमा होस् वा नेपाल बाहिर गएपनि क्रिटिकल केयरमा जुनसुकै अस्पतालमा काम गर्न सक्षम बनाउने छ ।’ प्रबन्ध निर्देशक डा. यासमिनले भन्नुभयो ।
समाज
थप सामाग्री-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
३ घण्टा अगाडि
1.5kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…



