गुरु वृहस्पति र उनको महिमा

जे.बी. बिष्ट
विश्व प्रलय पश्चात वेदद्वारा गरिएको परमात्माको स्तुतिदेखि प्रशन्न हुनुभएका परब्रम्ह, परमात्मा परमेश्वरले निराकार स्वरुपबाट साकार रुपमा आउनको लागि निमित्त मायाको स्मरण गराउनुभयो । त्यस मायाबाट महाशक्ति पैदा भई ती दुईको संयोगमा आएको गर्भबाट हिरण्य गर्भको प्रार्दभाव भयो । यो ज्वालामय समुद्रमा छ । उता मायादेखि महाशक्ति भई महाशक्तिबाट महत्व, महत्वबाट अहंकार भयो । त्यो अहंकार फुटी तीन टुक्रा भई सात्विक राजसिक र तामसिक अहंकार तथा त्रिशक्ति र त्रिपूर्ण पनि साथै भयो । त्यही अहंकारद्वारा फुटेको तीन टुक्राबाट पहिलोले इन्द्रियहरु दश (१०) बने । दोस्रो टुक्राबाट इन्द्रियका दश (१०) देवता बने । तेस्रोबाट आकाश पैदा भई आकासबाट वायु (तेज), तेजबाट जल, जलद्वारा गन्धर्वती पृथ्वी पैदा भई पाँच तत्वको सृष्टि भयो । अब यता पट्टी यी सबैको प्रार्दुभाव उत्पत्ति भयो । उता हिरण्य गर्भरुपी सुवर्णमय अण्डको तर्फ हेर्ने, सुँघ्ने, सुन्ने, बोल्ने, हिँड्ने इत्यादि पैदा हुनाका साथै ती उतापट्टका इन्द्रियहरु गर्भमा नै प्रवेश हुँदा पनि नउठेको विराट स्वरुपमा परआत्मा । गुरु वृहस्पतिले नैन चैतन्य रुप लिई प्रवेश गरेपछि यो विराट रुपी परआत्माको विराटमय त्यो विशाल देह उठ्योे जसका अङ्ग तीन (३) लोक चौध भूवन सबै स्थिर भई शीर स्वर्ग बन्यो । नाबी पृथ्वीलोक बन्यो । पाउ (पैताला) बाट पृथ्वीभन्दा तल पाताल लोकको सृष्टि भई विराट स्वरुपको प्रर्दभाव भयो ।
सनातन हिन्दु संस्कृतिमा मानवताको उच्चतम रुप विद्यमान छ । गुरु परम्परा ज्ञान—विज्ञान सम्बन्धी सम्पूर्ण हाम्रा मठमन्दिरमा ज्ञानको नेतृत्व गुरु वृहस्पतिको मन्त्र उच्चारणद्वारा समेत स्थापित ब्रम्हा, विष्णु, महेश्वर, महाकाली, महालक्ष्मी, महासरस्वती, दुर्गा, राम, कृष्ण, बुद्ध, गणेश दश (१०) अवतार नवनाथ चौरासी सिद्ध ४० बुद्ध अनि ८८ हजार ऋषिमुनि जहाँ जे जति भए पनि बृहस्पति वैद्धिक मन्त्र विना प्राण प्रतिष्ठित हुन सक्दैन भन्ने कुरा हाम्रा धर्म शास्त्रले समेत यस महान सत्यको उद्घाटन गरेकै छन् । बृहस्पति भगवान त्यो स्वरुप हुन् जुन सर्वव्यापी छ । सगुण, साकार सर्वज्ञ छन् । सर्वाधार छन् । सर्वसाक्षी छन्, अगणितीय छन् । अपरिवर्तनीय छन् । अखण्डित छन् । अनिवर्चनीय छन्, असिम, अनन्त, अपार, असिमित छन् । संसारमा यस्तो कुनै पनि ठाउँ छैन जहाँ परमात्मा, परमेश्वर गुरु बृहस्पति नपुगेको होस् । मन्त्रदाता मालिक मुख्य गुरु बृहस्पति हामी सबैको साझा सम्मानित सम्पदा हुन् । यसको उपयोगितालाई विश्व समक्ष पु¥याउनु यस क्षेत्रमा मर्मज्ञ, विशेषज्ञ, पञ्चदेव साधक, अन्वेषक, अनन्त, विभूषित स्वामी पञ्चायती बाबाका (आनन्द बहादुर श्रेष्ठ) कृष्ण नन्द दास बैरागी अनुसार गुरुहरुद्वारा सही बाटो देखाई दिएन भने गर्नुपर्ने कर्तव्य र कर्मको बोध हुँदैन । यदि हामीले टेक्ने माटो अपवित्र भयो भने हामीहरु पनि स्वतः जुठिन्छौं । तयसैले यदि मुलुकै नरहे न हामी हुन्छौं न हाम्रो आदर्श, न हाम्रो धर्म, न हाम्रो कर्म रहन्छ । ज्ञान स्रोत बैद्धिक बाङ्गमयको आजको वैज्ञानिक युगमा सुहाउँदो रुपमा गुरु मार्ग दर्शनको आफ्नै महतवपूर्ण स्थान छ । गुरु र चेला हाम्रो समाजबीचको गुरु मूल धर्म हार्दिक प्रेम नै सुखद भविष्यको दियो हो । धर्म शोषण होइन पोषण हो । धर्म सम्प्रदाय होइन, शान्ति हो । धर्म निगूर्ण निराकार होइन, सगुण साकार हो । धर्म व्यापार होइन, अपार हो । धर्म संस्कार होइन उपकार हो । श्राद्ध, पितृ पूजा तीन पुस्ता मात्र होइन, सात पुस्ता हो । धर्म विरोध होइन मिलाप हो । धर्म फुट्न होइन जुट्न हो । धर्म शंका होइन विश्वास हो । धर्म पूजा मात्र होइन प्रेम पनि हो । धर्म अन्धकार होइन, प्रकाश हो । धर्म संकल्प होइन समर्पण हो । धर्म भनेको धारण गर्नु, ग्रहण गर्नु हो । कुनै विशिष्ट व्यक्ति, महापुरुष, पूजनीय व्यक्तित्व, आदर्श ग्रन्थ आदिका माध्यमबाट पालना गरिने कर्तव्य व्यवहारको नाम नै धर्म हो । समग्रमा कुशल कर्मको नाम नै धर्म हो । हामीहरुलाई हाम्रो नैतिकता र सदाचारको जानकारी नहुँदा आजका युवाहरुमा विकृति र विसंगति बढ्दै गइरहेको छ । जसका कारण हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, कुशासनका साथै धर्म परिवर्तनका घटनाहरु दिनानु दिन झन बढ्दै गएका छन् । यदि समयमा नै हामीहरुले धर्म धारण गर्ने हो भने माया बढाउँछ, अनुशासन कायम गराउँछ र सद्भाव बढाउँछ । तयसैले विशवको नेतृत्व, देशको नेतृत्व, समाजको नेतृत्व गर्ने जो कोहीले समयमा नै धार्मिक आस्था जगाउँदै धार्मिक स्थलको संरक्षण र धर्मको संरक्षण गर्न सक्नु पर्छ । अनि मात्र धर्मले राष्ट्रियताको संरक्षण गर्दछ । सांस्कृतिक भौगोलिक र राजनीतिक रुपमा विभाजित नागरिकलाई भावनात्मक र वस्तुगत रुपमा हामी नेपाली एक हौं भनेर एकतावद्ध गर्ने माध्यम र प्रक्रिया नै राष्ट्रियता हुनेछ । हाम्रो देशमा रहेका सम्पूर्ण जात, जाती, भाषा, धर्म वर्ण, समुदाय, संस्कृति र विभिन्न भू—भागका जनताबीचको अक्षुण एकता रभौगोलिक अखण्डता नै राष्ट्रियता हो । विश्वका प्रायः सबै देशहरुमा धर्म, संस्कृति एवम् आ—आफ्नो राष्ट्रियताको ज्ञान सबै खाले विद्यार्थीहरुलाई गराउनको लागि उनीहरुको शिक्षा कार्यक्रमको महत्वपूर्ण अंग मानिन्छ । दुर्भाग्यवश हम्रो देव भूमि, धर्म भूमि नेपालमा धर्म र संस्कृतिका बारेमा ज्ञान दिने कुनै राम्रो व्यवस्था छैन । विगतमा र अहिले पनि हाम्रो धर्म एवम् संस्कृतिप्रति अनास्था उत्पन्न गर्ने योजनावद्ध प्रयास हुने गरेको छ । तर, हामीहरुले सो प्रयास तर्फ ध्यान र चेतना जागरणको लागि कुनै ठोस कार्य गर्न सकेका छैनौं । नैतिक शिक्षा तथा संस्कृति र राष्ट्रियताका प्राण हुन् । त्यस्ता विषयहरु पाठ्यक्रमबाट हटाइए । विद्यार्थीहरुलाई आफ्ना बारेमा केही जानकारी दिइएन । अनजका छात्र—छात्राहरु आफ्नो धर्म एवम् संस्कृतिप्रति गौरवभाव जागृत गर्न, गराउन कुनै प्रभावी प्रयत्न नगरिनु राष्ट्रको वर्तमान दुरावस्थाको कारण मान्न सकिन्छ ।
धर्म, नैतिकता तथा संस्कृत (गुरुकुल) शिक्षाको ज्ञान गराई हाम्रा छात्र÷छाज्ञाहरुलाई सही सत्य ज्ञानबाट शिक्षित गर्नु नितान्त आवश्यक रहेको कुरा आजको हाम्रो समाजले महसुस गर्न जरुरी छ । साथै समाजलाई ज्ञान एवम् विज्ञानमय बनाउने प्रयत्न गर्न आवश्यक छ । यस दृष्टिले आजका युवा युवतीहरुलाई भावनात्मक र आध्यात्मिकरुपमा शिक्षित गर्नु पनि नितान्त जरुरी छ । हाम्रो शिक्षा व्यवस्थामा आफ्नो स्वास्वत धर्म, संस्कृति, नीति एवम् राष्ट्रियताको ज्ञानलाई प्रमुख स्थान दिन आवश्यक छ । ज्ञान विज्ञानका विभिन्न क्षेत्रमा मानवताको विकासका लागि हाम्रा पूर्वजहरुको आद्वितीय योगदान रहेको छ ।
यसको जानकारी आजका युवा पुस्तालाई दिएर उनीहरुमा गौरवभाव एवम् आत्म विश्वास जगत गर्न सरकारले समयमा नै आवशयक शिक्षा नीति परिमार्जन गर्दै नेपाली समाजलाई समयमा नै संस्कृत ज्ञानको माध्यमबाट स—संस्कृत समाज र सुसंस्कृत नेपाल बनाउने अभियानमा हामीहरु सबै लाग्नु जरुरी देखिन्छ । अन्तमा सबैको विचार भावना समाज एकताका लागि जन्मदेखि मृत्युसम्म सुर्योदयदेखि सुर्यास्तसम्म समस्त प्राणीहरुको कल्याण गर्न सकौं । युद्धलाई भन्दा बुद्ध र गुरु बृहस्पतिलाई रोज्न सकौं । वमलाई भन्दा ओमकारलाई रोज्न सकौं । बीर गोरखाली भनेर सर्वत्र चिनिने नेपालीलाई राष्ट्ररुपी विरुवाको उकेरा लगाउन माली बन्न सकौं । देवी देवता, ऋषिमुनि तपभूमिको देश नेपाल मातालाई रक्षा खातिर समय र चुनौतिको हाँकलाई स्वकार्न सामना गर्ने मुटु बनाउन सकौं । जस्तोसुकै विपत्तिका कालाबादल मडारिए पनि हनुमान जस्तै वीर थिर बन्न सकौं । राम राज, देवराज, धर्मराजको स्थापना गर्न कर्मयोग बन्न सकौं । नेपाल माताको जुनसुकै कुनामा जहाँ रहे पनि नेपालीले दुःख पाउने छैनन् । नेपाल जय, विश्वको जय हुनेछ । समयमा नै चेनता भया विश्वलाई नेपालबाट मार्ग निर्देशन दिनुपर्ने छ । हामी ओमकार परिवारको संस्कार, संस्कृति गुरु परम्परा पनि यही नै हो । शुन्य—शुन्य महा शुन्य, महाशुन्यमा ओमकार एक्लो भए पनि कहिल्यै पनि हत्तोत्साही भएको वायुमण्डलमा थाहा भएन । सच्चा कुरो र सत्यताको बाटोमा गुरु बृहस्पति जस्तो अटल रहिरहने व्यक्तिले नै संसारमा स्मरणीय योगदान दिन सक्छ । आज त्यस्तो व्यक्तिको खोजी भइरहेको छ । सबैमा चेतना भया ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१७ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares