आजदेखि देशभर मौसम सुधार हुने

काठमाडौं  माघ २३ : पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आइतबारदेखि सुधार हुने भएको छ।

देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

सोमबार प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रही देशका मध्य तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री र अधिकतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव तीन डिग्री र सबैभन्दा धेरै डोटीको दिपायलको अधिकतम तापक्रम १९ दशमलव तीन डिग्री सेल्सियस छ।

Facebook Comments Box
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
१६ घण्टा अगाडि

1.9kViews 162 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवसँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा फैलाइएको…

TOP
Shares