इन्द्रचोकमा सत्यनारायण—सुरेशकुमार फर्मद्वारा व्यापक कपडा तस्करी, राजश्वको छापा

काठमाडौं । हिन्दुहरुको महान चाडहरु धमाधम आउँदै गरेको अवस्थामा कालो बजारी पनि त्यतिकै मात्रामा बढ्दै गएको इन्द्रचोकस्थित एक कपडा पसलमा राजश्व अनुसन्धानले केही दिन अगाडि छापा मारेको घटनाले देखाएको छ ।
काठमाडौं उपत्यकाकै मुटुको रुपमा हेरिने कपडा पसलहरुमध्यकै ठूलो इन्द्रचोकको कपडाको कारोबार गर्ने ‘सत्यनारायण–सुरेशकुमार’ नामक फर्ममा राजश्व अनुसन्धानले छापा मारी अनुसन्धानलाई तीव्रता दिएको पाइएको छ । विभागले केही दिनअगाडि उक्त फर्ममा छापा मारेको हो ।
राजस्व अनुसन्धान विभागले अवैध कारोबार गरेको विशेष सूचनाको आधारमा सत्यनारायण–सुरेशकुमार नामक फर्म, त्यसका सञ्चालक सत्यनारायण अग्रवाल, उनका छोरा अंकित अग्रवाल तथा परिवारसमेतले अबैध रकम र राजश्व नतिरी लुकाई छिपाई ल्याएको कपडाका साथै विभिन्न बैङ्क, वित्तीय संस्था तथा सहाकारीहरुमा के कस्तो कारोबार भएको छ यस विषयमा राजश्व अनुसन्धान विभागले तिब्ररुपमा अनुसन्धान अगाडि बढाएको दावी गरे पनि खासै अनुसन्धान नगरेको स्रोतले दावी गरेको छ ।
उक्त फर्ममा राजश्व विभागको टोलीले छापामार्दा विभागले हिसाब राखेको कागजात नियन्त्रणमा लिएको छ । स्टकसमेत लिइसकेको बताइएको छ । सत्यनारायण–सुरेशकुमार नामक फर्मले विगत लामो समयदेखि राजस्व छली गरी सामान ल्याउने, भ्याट बिल नकाट्ने काटिहाले पनि न्यून मूल्यमा काट्ने गरेको विभागको ठम्याइ छ ।
उक्त पसल नेपालमा भारतबाट कपडा ल्याउने ठूलोमध्येको एक हो । सो पसलले वार्षिक कराडौंैं रुपैयाँ राजस्व छली गर्ने गरेको आशङ्का विभागको छ । सत्यनारायण अग्रवालको आफ्नै घरमा सञ्चालित उक्त फर्मले वार्षिक करोडौं रुपैयाँ बराबरको कपडाको कारोबार गर्ने गरेको छ । विशेषगरी विभिन्न प्रकारका भारतीय कपडा तथा नेपाली कपडा समेतको कारोबार गर्ने उक्त फर्मले आयकरसमेत छल्दै आएको बुझिएको छ ।
फर्मका मालिक सत्यनारायण अग्रवालले छिमेकी मुलुक भारतको विभिन्न सहरबाट करोडौंको सटिङ्ग सुटिङ्गका थानका कपडा, कुर्तासुरुवालका थान कपडा सिमा नाकामा भरिया लगाई रातारात ‘क्यारिङ सिस्टम’बाट भन्सार र प्रहरीलाई समेत सेटिङ मिलाई नेपाल भित्र्याउँदै आइरहेको समेत अग्रलालले बताउँदै आइरहेको स्रोतले दावी गरेको छ । अग्रवालले हाल संचालन गरेको इन्द्रचोकको पसलमा केही थान कपडा देखाउनका लागि मात्र राखेर आफू बस्ने घर र इन्द्रचोकका गल्लीमा रहेका घर भाडामा लिई करोडौं रुपैयाँको अवैध कपडाहरु राख्ने गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागले पसलमा छापा हानेर अग्रवाललाई दशैंको अगाडि तर्साएर रकम असुल्न मात्र छापा हानेको हो कि भन्ने स्थानीयले आशंका गरेका छन् । यता, अग्रवालले खुल्लमखुल्ला रुपमा राजश्वका कर्मचारीलाई करोर्डाैं खर्च गरेर भए पनि कारबाहीबाट जोगिन भन्दै हिँड्ने गरेका छन् ।
यस विषयमा राजश्व विभाग अनुसन्धान विभागका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायसँग जानकारी लिन खोज्दा उनले भने ‘म पनि भरर्खरै आएके हुँ, यस विषयमा मलाई केही जानकारी छैन भन्ने गैरजिम्मेवारीपूर्ण जवाफ दिएका थिए ।’ फेरि जनरक्षा प्रतिनिधिले छापा हानी कारबाही अगाडि बढाएको २०—२२ दिन भइसक्दा पनि तपाईंलाई जानकारी नहुन अनौठो भएन र, भन्ने जिज्ञासा राख्दा प्रवक्ता उपाध्यायले भने ‘यस विषयमा कार्यालयमै फोन गरेर बुझ्नुस् भन्ने गैरजिम्मेवारी उत्तर दिए ।’
‘स्याल कराउनु र कुखुरा हराउनु’ भन्ने उक्तीलाई चरितार्थ गर्दै अग्रवालले पनि त्यस्तै खाले हाम्रा प्रतिनिधिलाई जवाफ दिएका छन् । अग्रवाललाई सम्पर्क गर्दा सम्पर्कमा नआई आफ्नो कर्मचारीलाई फोन उठाउन दिई अनुसन्धान भइरहेको छ भनि दे न भनि पछाडिबाट बोलेको स्पष्ट रुपमा सुनिएको थियो । अग्रवालको यस्तो भनाई र राजश्व अनुसन्धान विभागका प्रवक्ता उपाध्यायको गैरजिम्मेवारीपूर्ण जवाफले कतै अग्रवालले भने जस्तै राजश्व अनुसन्धान विभाग पनि आर्थिक प्रलोभनमा परी यस घटनालाई सामसुम पार्न खोजिएको त होइन ? भन्ने प्रश्न उब्जिएको छ । सत्यनारायण अग्रवाल, उनका छोरा अंकित अग्रवाल तथा परिवारका अन्य सदस्यका नाममा उपत्यकाका विभिन्न ठाउँमा कर छली गरी नेपाल भित्र्याएका कपडा विक्री विगरण गर्न अन्य फर्म दर्ता गरी धमाधम विक्री वितरण गर्दै अइरहेको पनि स्रोतले दावी गरेको छ ।
राजश्व अनुसन्धान विभागका प्रवक्ता उपाध्यायको चित्तबुझ्दो जवाफ नआएपछि हाम्रो प्रतिनिधिले राजश्व अनुसन्धान विभागका प्रमुख झलक अधिकारीलाई ९८५१२३७८८५ मा सम्पर्क गर्दा फोन उठेन ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१८ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares